Logo
|
Monday 28th October 2024
Logo

epaper

सात करोड ५० लाखमा एड्स

एजेन्सी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ३७ वर्ष अघि अमेरिकाका चिकित्सकहरुले नयाँ घातक रोग वर्णन गर्न नयाँ शब्द ल्याए । त्यो शब्द ‘एड्स’ थियो । एड्स अर्थात अक्वायर्ड इम्यूनो डिफिसिएन्सी सिन्ड्रोम । यसको लगत्तै उनीहरुले मृत्युको कारण एचआइभी भाइरस रहेको पत्ता लगाए । त्यसयता सात करोड ५० लाख मानिस यस भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये करिब तिन करोड २० लाख मानिसको मृत्यु भइसकेको छ ।
पछिल्लो अवस्था कस्तो छ ?
सन् २०१८ मा विश्वभर झण्डै ४ करोड मानिसहरु एचआइभीएड्सबाट ग्रसित थिए । तर २५ वर्षको तुलनामा एड्सिका कारण हुने मृत्युदर घट्दै गएको छ । सन् २००४ मा सबैभन्दा उच्च विन्दुमा पुगेको मृत्युदर हाल ५५ प्रतिशतले घटेको छ । हालसम्म एचआइभीको कुनै खोप छैन । तर उपचारमा भने उल्लेख्य सुधार भएको छ । औषधी पाइने हुँदा ग्रसितहरु सामान्य मानिसहरु जस्तै जीवनयापन गर्न सक्छन् । आफ्नो अवस्थाबारे थाहा भएका ७८ प्रतिशतको औषधिमा पहँच छ । तर राष्ट्रसँघको अनुमान छ कि एचआइभी भएका मध्य करिब २० प्रतिशतलाई औषधिबारे थाहा छैन । अधिकांश एचआइभी संक्रमित गरिब राष्ट्रमा बस्ने हुँदा खास चुनौत भनेको उनीहरुलाई आवश्यक परिक्षण र उपचार उपलब्ध गराउनु हो ।

प्रतिक्रिया दिनुहोस्