Logo
|
Monday 28th October 2024
Logo

epaper

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

 एजेन्सी 



अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाबनलीमा आएको समस्याका कारण अस्पताल भर्ना भएका छन्।  उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो। अस्पतालका अनुसार उनको अवस्था सामान्य रहेको र सुधारोन्मुख रहेको छ। कार्टर केही दिनमै डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ।गत नोभेम्बरमा पनि मस्तिष्कश्राव भएपछि उनको शल्यक्रिया गरिएको थियो। हाल ९५ वर्ष पुगेका उनी अमेरिकाका ३९औँ राष्ट्रपति हुन्। ४० वर्षअघि उनको कार्यकालमा अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्