Logo
|
Monday 28th October 2024
Logo

epaper

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘डिस्चार्ज’ गर्ने तयारी भएको छ। बुधबार साँझ वा बिहीबार बिहानसम्ममा डिस्चार्ज गर्ने तयारी भएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले जानकारी दिइन्। बालुवाटारस्थित निवासमै आराम गर्ने इच्छा राखेपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको हो । स्वास्थ्यमा सुधार हुँदै गइरहेको र खाना राम्रोसँग खान थालेकाले चिकित्सकहरू उनलाई डिस्चार्ज गर्दा फरक नपर्ने निष्कर्षमा पुगेका हुन्। डिस्चार्ज भए पनि प्रधानमन्त्री ओली चिकित्सकको निरन्तर निगरानीमा रहनेछन्। चिकित्सकहरूका अनुसार बालुवाटारमा उनले कम्तीमा एकसाता आराम गर्नुपर्नेछ। अघिल्लो साता मंगलबार सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शलयक्रिया गरिएको थियो। प्रधानमन्त्री मिर्गौलारोगीसमेत हुन्।अस्पताल बसाइको ९ दिनमा दुईपटक डाइलासिससमेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्