Logo
|
Monday 28th October 2024
Logo

epaper

चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीले गरे परीक्षा बहिष्कार



जनस्वास्थ्य सरोकार, चितवन।  आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थीले बुधबारदेखि सुरु हुने बिडिएस, फार्मेसी, बिएम आइटी , बिएम एल्टि, बि पि एचको परीक्षा बहिष्कार गर्दै कलेज अगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले पहिलो वर्षका परीक्षा बहिष्कार गर्दै परीक्षा प्रवेश कार्ड जलाउने प्रयास गरेका थिए । तीन महिनादेखि आन्दोदनरत विद्यार्थीहरुले कलेज गेटमा परीक्षा प्रवेश कार्ड जलाउन लागेपछि प्रहरीले रोकेको छ । साथै, उनीहरुले प्रहरीको साथ माग्दै प्रहरी हामीलाई साथ दे, प्रहरी दमन मुर्दावाद, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्