Logo
|
Monday 28th October 2024
Logo

epaper

प्रधानमन्त्रीलाई एक–दुई दिनमै डिस्चार्ज गरिने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । उपचारमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक/दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने जनाएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा राम्रो सुधार आइरहेको र यस्तै सुधार जारी रहे डिस्चार्ज गर्न सकिने उनीहरूले जनाएका हुन् । प्रधानमन्त्री ओलीलाई ९ दिनअघि ‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस (पेटको संक्रमण) समेत भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी आकस्मिक शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनलाई आईसीयूमा राखिएको छ । उनलाई शनिबार र आइतबार दुईपटक डायलसिस गरिएको थियो । प्रधानमन्त्रीलाई डिस्चार्ज गर्नुअघि डायलसिस गरिने जानकारी ती चिकित्सकले दिए । ‘अब प्रधानमन्त्रीलाई घरमै आराम गर्दा पनि त्यति अप्ठ्यारो हुनेछैन,’ ती चिकित्सकले भने । उनका अनुसार प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको ठाउँमा भएको घाउ निको हुने क्रममा छ । आईसीयूमा प्रधानमन्त्रीले राम्ररी कुराकानी गर्नुका साथै नरम (गिलो) आहारसमेत सेवन गरिरहेका छन् । उनले लिने नरम आहार बिस्तारै सामान्य आहारजस्तै भइरहेको छ । प्रधानमन्त्रीको शल्यक्रिया गरेका डा. रमेशसिंह भण्डारीले शुक्रबार पत्रकार सम्मेलनमा ओलीले अब करिब १० दिन जतिमा कसैको सहयोगमा कुरा गर्ने, अन्तर्वार्ता दिने आदि गर्न सक्ने बताएका थिए । सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा ६७ वर्षीय प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । हाल उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि तयारी गरिँदै छ । कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्