Logo
|
Monday 28th October 2024
Logo

epaper

गण्डकी मेडिकल कलेजबाट एमबीबीएसको प्रश्नपत्र आउट



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट भएको छ । बिहीबार गण्डकी मेडिकल कलेजबाट प्रश्नपत्र आउट भएको हो । बिहिबारबाटै सुरु भएको एमबीबीएस परीक्षामा पहिलो दिन नै विद्यार्थीले प्रश्नपत्र लिक गरेका छन् । बिहान १० बजेबाट परीक्षा संचालन भएको थियो । परीक्षा संचालन भएको केही मिनेटमा नै प्रश्नपत्र बाहिरिएको थियो । गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले परिक्षामा सहभागी हुने बताएका थिए । तर, गण्डकी मेडिकल कलेजको परीक्षा हलमा अज्ञात समूहभित्र छिरेर केही प्रश्नपत्र च्याते र केही खोसेर लगेको सूचना आफूहरुले पाएको आइओएमका परीक्षा शाखा प्रमुख राजु बुढाथोकीले बताए । गण्डकीबाहेक चार मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गर्ने निर्णय यस अघिनै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्