Logo
|
Monday 28th October 2024
Logo

epaper

चिकित्सक लाइसेन्स परिक्षामा ४५ प्रतिशत उत्तीर्ण




जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।परीक्षामा एमबीबीएस तर्फ १ हजार २३७ जना र बीडीएस तर्फ ३९९ जना गरी कुल १ हजार ६३६ जना सहभागी भएका थिए । काउन्सिलका परीक्षा संयोजक एवं प्रवक्ता प्रा.डा. ढुंण्डी पौडेलको भनाइ अनुसार एमबीबीएस तर्फ ४९ प्रतिशत र बीडीएस तर्फ ४२ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा ९ जना अनुपस्थित भएको प्रा. डा. पौडेलले जानकारी दिए । गत साउनको परीक्षामा भने एमबीबीएस तर्फ ७८ प्रतिशत र बीडीएस तर्फ ३९ प्रतिशत उत्तीर्ण भएका थिए । यसपटक अघिल्लो परीक्षाको तुलनामा एमबीबीएसमा झण्डै २९ प्रतिशत कम उत्तीर्ण भएका छन् । तर वीडीएसमा भने ३ प्रतिशत सुधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्