Logo
|
Monday 28th October 2024
Logo

epaper

दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा विशेषज्ञहरुको बैठक काठमाडौँमा सुरु




जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वव्यापी आँखा स्वास्थ्य प्रदान गर्न नेपालमा दक्षिण पूर्वी एसियाली क्षेत्रका आँखा विशेषज्ञहरुको बैठक काठमाडौँमा सुरु भएको छ । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीको वित्तीय र प्राविधिक सहयोगमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान (विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्र) को आयोजनामा बैठक डिसेम्बर ९ देखि १२ तारिखसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
बैठकमा दक्षिण पूर्वी एसियाका ४० आँखा विशेषज्ञहरु सहभागिता रहनेछ । यस बैठकले मोतिविन्दु, दृष्टिदोष, डाइबेटिक रेटिनोपेथी, जलविन्दु, न्यून दृष्टि र सहयोगी सेवाहरुको रुपमा विभिन्न क्षेत्रमा उपलब्ध आँखा स्वास्थ्य सेवा वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । ।
यस बैठकमा विश्वव्यापी आँखा स्वास्थ्य सेवाको पहुँच सबै जनता समक्ष पुर्याउने लक्ष्य प्राप्त गर्न कार्यतालिका तयार गरी महत्वपूर्ण सुझावहरु पेश गरिनेछ । यसका अलावा डाइवेटिक रेटिनोपेथी सेवाको मापदण्ड तयार गर्नका साथै यस क्षेत्रमा राष्ट्रिय दृष्टि २०२० को रिपोर्ट टुंगों लगाउने तालिका निर्धारण गरिनेछ ।
अक्टोबर २०१९ मा वल्र्ड भिजन रिपोर्टको विश्वव्यापी शुरुवातपछि आइएपीबी दक्षिण–पूर्वी एशियाली क्षेत्रले विश्व स्वास्थ्य संगठनसँग क्षेत्रीय तहमा नजिकबाट काम गरिरहेको छ ।
विश्वव्यापी स्वास्थ्य पहुँच र दिगो विकास लक्ष्यको लक्ष्यहरु प्राप्त गर्न चाँडै क्षेत्रीय र राष्ट्रिय स्तरको बैठकको कार्यतालिका बनाएर बैठकको प्रतिवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्