Logo
|
Monday 28th October 2024
Logo

epaper

प्रधानमन्त्रीको दसौं पटक डायलसिस



काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार राति हेमो डायलसिस गराइएको छ । उनको दसौं पटक डायलसिस गरिएको हो । डायलसिस सकिएपछि उनी राति नै प्रधानमन्त्री निवास फर्कने जानकारी अस्पताल स्रोतले दिएको छ । प्रधानमन्त्री गत बिहीबार मात्र १० दिनको अस्पताल बसाइपछि सेन्टरबाट डिस्चार्ज भएका थिए । डिस्चार्ज गर्नुअघि उनको नवौं पटक डायलसिस गरिएको थियो । ‘प्रधानमन्त्रीको अरू स्वास्थ्य स्थिति ठिकै छ, उहाँलाई ल्याएर डायलसिस गराइएको हो,’ उपचारमा संलग्न एक चिकित्सकले भने ।प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रियापछिको अस्पताल बसाइमा पाँच पटक डायलसिस गरिएको थियो । यसअघि समेत प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा चार पटक डायलसिस गरिएको थियो । ६७ वर्षीय प्रधानमन्त्री ओलीको सन् २००७ मा मिर्गौला प्रत्यारोपण भएको थियो । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि तयारी गरिँदै छ

प्रतिक्रिया दिनुहोस्