Logo
|
Monday 28th October 2024
Logo

epaper

निःशुल्क शिविरमा ४०० ले गराए स्वास्थ्य जाँच



निःशुल्क शिविरमा ४०० ले गराए स्वास्थ्य जाँच

भक्तपुर : समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सूर्यविनायकमा सञ्चालित एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट ४०० भन्दा बढी लाभान्वित भएका छन्।

सूर्यविनायक नगरपालिकाको सहकार्यमा शनिबार सम्पन्न शिविरमा बालरोग, स्त्रीरोग, छालारोग, मुटुरोग, नाक, कान, घाँटी, मधुमेह, हाडजोर्नी, अर्बुद्ध लगायतका परीक्षण गरिएको हाे। आँखा, दाँत तथा जनरल परीक्षण विभिन्न अस्पतालका २० विशेषज्ञ चिकित्सकले गरेका हुन्।

शिविरमा निःशुल्क औषधि वितरण समेत गरिएको थियो। नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरबासीको स्वास्थ्यमा पहिलो प्राथमिकतामा राखेको बताए।

प्रतिक्रिया दिनुहोस्