Logo
|
Monday 28th October 2024
Logo

epaper

प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन



प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन

रुकुमपूर्व : पुथाउत्तरगंगा गाउँपालिका– १२ कोलमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको छ। एक चिकित्सकको सरुवा भएपछि केन्द्र एक महिनादेखि चिकित्सकविहीन भएको हो ।

दरबन्दीमा गएका डा. तपेन्द्र कोइरालाको सरुवा भएको छ। छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका डा. सुनिल पुन जिल्ला अस्पताल रुकुमकोटमा काजमा खटिएका छन् । डा. कोइराला भने दुई वर्ष बसेर  कात्तिक ३० मा सरुवा भएका हुन् ।

केन्द्रमा चिकित्सकले गर्नुपर्ने काम अहेबले गरिरहेका छन्। यहाँ अहिले तीनजना अहेब, तीनजना अनमि, एक ल्याब असिस्टेन्टसहितका स्वास्थ्यकर्मी छन्। चिकित्सक नहुँदा दुर्गम क्षेत्रका बिरामी मारमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्