Logo
|
Monday 28th October 2024
Logo

epaper

गंगालालको कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारी

पुष ८ गते बसेको मन्त्री परिषद् बैठकले एक कुशल मुटुरोग विशेषज्ञ डा. अधिकारीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा सोही केन्द्रमा कार्यरत मुटुरोग विशेषज्ञ डा.चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ । पुष ८ गते बसेको मन्त्री परिषद् बैठकले एक कुशल मुटुरोग विशेषज्ञ डा. अधिकारीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डा अधिकारीलाई केन्द्रको निर्देशक नियुक्तका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लानुभएको थियो । डा. अधिकारीको कार्यकाल ४ वर्षको हुनेछ । यसअघिका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सोही अस्पतामा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. युवराज लिम्बुलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको थियो । त्यसअघि वरिष्ठ मुटु सर्जन डा. ज्योतिन्द्र शर्माले आफ्नो ४ वर्षे सफल कार्यकाल पूरा गरी केन्द्रबाट बिदा लिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्