Logo
|
Monday 28th October 2024
Logo

epaper

नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. कृष्ण अधिकारी

काउन्सिलमा रिक्त पाँच सदस्य पद पनि नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । पुष ८ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा अधिकारीलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
परिषद्को बैठकले काउन्सिलमा रिक्त पाँच सदस्य पदमा डा.हरिहर अवस्थी, डा.सुप्रभात श्रेष्ठ, डा.प्रेनित कुमार पोखरेल, डा. सन्ध्या चापागाईं र किशोर बिक्रम मल्ललाई नियुक्त गरेको छ । डा.कृष्ण अधिकारी र डा. सुप्रभात श्रेष्ठ यसअघि पनि काउन्सिल सदस्य थिए । काउन्सिल पदाधिकारीको पदावधि चार वर्षको हुन्छ । काउन्सिलको अध्यक्षमा भने गत कात्तिकमा मन्त्रीपरिषदले बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्