Logo
|
Monday 28th October 2024
Logo

epaper

पूर्व स्वास्थ्य सचिव श्रेष्ठको निधन



जनस्वास्थ्य सरोकार, काठमाडौं ।  पूर्व स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठको विहिवार विहान निधन भएको छ । महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पताल उपचाररत श्रेष्ठको विहान सात बजेर ५५ मिनेटमा निधन भएको हो ।
एक साता अघि सामान्य रुघाखोकी लागेका श्रेष्ठलाई संक्रमण पछि अस्पताल भर्ना भएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव महेन्द्रप्रसाद श्रेष्ठका अनुसार, पूर्व सचिव श्रेष्ठलाई रुघाखोकी हुदै निमोनिया र सेप्सिसको संक्रमण भएको थियो । एक्कासी सेप्सिस भएपछि उपचाररत रहेको अवस्थामा निधन भएको हो ।
उनको स्वास्थ विग्रँदै गएपछि थप उपचारकालागि बुधबार शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको मन्त्रालयका सहसचिव श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्