Logo
|
Monday 28th October 2024
Logo

epaper

प्रधानमन्त्रीको डायलासिस शिक्षण अस्पतालमा



जनस्वास्थ्य सरोकार, काठमाडौं : प्रधानमन्त्री केपी ओलीको नियिमत डायलासि शुक्रबार महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा  भएको छ।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबार दिउँसो डायलासिस गरेर प्रधानमन्त्री ओली बालुवाटार फर्किएका छन्। यो प्रधानमन्त्रीको १२ औं डायलासिस हो। मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदै गएपछि ओलीको नियमित डायलासिस हुँदै आएको छ।

सुरुमा ग्रान्डी अस्पताल र त्यसपछि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गराउँदै आएका ओली शुक्रबार शिक्षण अस्पताल पुगेका हुन्।  यो ओलीको १२ औं डायलासिस हो ।

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको थियो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो।

०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्। गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उनका सहयोगी चिकित्सकको भनाइ छ। प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो। मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस हुन्छ।

प्रतिक्रिया दिनुहोस्