Logo
|
Monday 28th October 2024
Logo

epaper

चिसाे बढेपछि धनुषाका विद्यालय बन्द



चिसाे बढेपछि धनुषाका विद्यालय बन्द

जनस्वास्थ्य सरोकार, धनुषा । शितलहरका कारण अत्यधिक चिसो बढेपछि धनुषाका सामुदायिक तथा निजी विद्यालयहरू बन्द गरिएको छ।

जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय पुस १३ गते देखि १८ गतेसम्मका लागि बन्द गरिएको जिल्ला शिक्षा समन्वय समिति धनुषाका प्रमुख बर्खुप्रसाद रजकले जानकारी दिए।

प्रतिकुल मौसमका कारण ६ दिनका लागि सम्पूर्ण विद्यालयको अध्ययन अध्यापन बन्द गरेको उनले बताए। यस्तै निजी विद्यालयहरूको संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन्। निजी विद्यालय भने पुस १४ गतेदेखि पुस १६ गतेसम्म मात्र बन्द गरिने भएको छ।

जाडो बढेपछि विद्यालयहरूमा विद्यार्थीको घट्दै गएको थियो। उनीहरूमा विभिन्न स्वास्थ्य समस्या पनि देखिन थालेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्