Logo
|
Monday 28th October 2024
Logo

epaper

‘सबैले उपचार पाए मात्र लोकतन्त्र सबल’– प्रधानमन्त्री ओली



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सबैले स्वास्थ्य उपचार पाउने अवस्था भएमात्र लोकतन्त्र सबल हुने बताएका छन ।
नेपाल स्काउटद्धारा बुधबार काठमाडौंमा आयोजित ‘नयाँ वर्ष नयाँ पाइला, बालबालिकासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजनीतिक वा केहि स्वतन्त्रताको हकहरुको प्रयोग मात्र लोकतन्त्र नभएको बताए ।

स्कूलका विद्यार्थीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने –‘जनता सुखी छ ÷की छैन । खान लगाउन पाएको छ /की छैन । आवाश पाएको छ /छैन र स्वास्थ्य उपचार पाउन सकेको छ ÷छैन । जैबिक र मानवीय आवश्यकताको परिपूर्ति भएको छ की छैन । सम्मानीत जीवन प्राप्त गर्न सकेको छ /छैन भन्ने कुराहरु हेर्नुपर्छ ।’
गर्भावस्थादेखि अस्पतालमा जन्माउने कुरालाई समेत सरकारले पुरस्कार र प्रोत्साहनको विषय बनाएको उनले बताए । ‘यी कार्यक्रमहरु सफल पनि भएका छन । त्यसैले सरकारको बालबालिकाप्रति जिम्मेवारी, स्नेहभाव र अभिभावकत्व देखिन्छ ।’प्रधानमन्त्री ओलीले बताए ।
सरकारले बालबालिकाको रक्षाका लागि जन्मनुभन्दा अघिदेखि सुनौला हजारदिन लगायत अन्य पोषण कार्यक्रमहरु अघि सारेको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले भने– ‘जन्मनै नपाई मर्ने खालका स्थिति एवं बालमृत्युदर हुन नदिन दुर्गम ठाउँबाट पनि हेलिकोप्टरको प्रयोग गरेर प्रजनन गराउने कार्यक्रम अघि सारिएको हो ।’

प्रतिक्रिया दिनुहोस्