Logo
|
Monday 28th October 2024
Logo

epaper

पोल्टी दिवसको अबसरमा रामेछापमा विरामीलाई अण्डा वितरण



जनस्वास्थ्य सरोकार, रामेछाप । सातौँ पोल्टी दिवसको अबसरमा रामेछाप अण्डा उत्पादक संघले सदरमुकाम मन्थलीमा रहेका निजि तथा सरकारी अस्पतालमा वेड भर्ना भएका विरामीहरुलाई अण्डा प्रदान गरेको छ । संघले आज सदरमुकाम मन्थलीमा रहेका ५ ओटा अस्पतालहरुका ४ जना सुत्केरी महिला सहित १५ जना वेड भर्ना भएका बिरामीहरुलाई प्रति ब्यक्ति ३० वटाको दरले अण्डा वितरण गरिएको रामेछाप अण्डा उत्पादक संघका सचिव सुनिल रायले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्राथमिक स्वास्थ केन्द्र , साहारा सामुदायिक अस्पताल,रामेछाप सामुदायिक अस्पताल, दिल श्री मेडिकल र तामाकोशी सहकारी अस्पतालमा भर्ना भएका बिरामीहरुलाई अण्डा वितरण गरिएको हो । “ एक दिन होइन हरेक दिन अण्डा र मासु भान्साको सान सवोत्तम प्रोट्रिन,स्वस्थ्य जीवन ” भन्ने मुल नाराका साथ रामेछाप मन्थलीमा सातौँ राष्ट्रिय पोल्टी दिवस मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्