Logo
|
Monday 28th October 2024
Logo

epaper

प्रधानमन्त्री ओलीको १२ पटक डायलाइसिस : किन अझै प्रत्यारोपणको टुंगो लागेन ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार १२औँपटकको डायलाइसिस शुक्रबार गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको कलेजो प्रत्यारोपण युनिटमा प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस भएको हो । प्रधानमन्त्री ओली १४ कात्तिकदेखि नियमित डायलाइसिसमा छन् । तर, उनको मिर्गौला प्रत्यारोपणको टुंगो भने अझै लागेको छैन । ०६४ सालमा भारतको अपोलो अस्पतालमा उनको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत कात्तिकदेखि मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि सातामा कम्तीमा एक–पटक डायलाइसिस चलिरहेको हो ।

प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर प्लाज्माफेरेसिस प्रक्रियामार्फत उपचार गराएका थिए । प्लाज्माफेरेसिसले काम नगरेपछि ओलीको मिर्गौला नियमित डायलाइसिस गर्नुपर्ने वा प्रत्यारोपणमा जानुपर्ने दुई विकल्पमा पुगेको हो ।

प्रधानमन्त्रीले निकाल्न सकेनन् समय
दोस्रो प्रत्यारोपणको तयारीमा रहेका ओलीले समय निकाल्न नसक्दा चिकित्सकहरूले प्रत्यारोपणबारे निर्णय लिन नसकेको निजी चिकित्सक डा. दिव्यासिंह साहले बताइन् । दोस्रो प्रत्यारोपणका लागि मिर्गौला दिन प्रधानमन्त्रीका दुईजना आफन्त तयारी अवस्थामा छन् । उनीहरू चिकित्सकको नियमित निगरानीमा छन् ।

मिर्गौला प्रत्यारोपण कहाँ गर्ने भन्ने टुंगो पनि लाग्न सकेको छैन । केही चिकित्सकले स्वदेशमै प्रत्यारोपण गर्नु राम्रो हुने बताउँदै आएका छन् । तर, प्रधानमन्त्रीनिकट चिकित्सकहरू भने विश्वका सबैभन्दा राम्रो र सुविधा सम्पन्न अस्पतालमा लगेर दोस्रो प्रत्यारोपण गर्नुपर्ने पक्षमा छन् । ओलीको शल्यक्रियामा सहभागी एक चिकित्सकका अनुसार प्रधानमन्त्रीका निजी चिकित्सकले स्वदेशमा प्रधानमन्त्रीको शल्यक्रिया गर्न सम्भाव भए–नभएको पनि सोधेका छन् । डा. सिंहले भनिन्, ‘प्रधानमन्त्रीसँग सबै बसेर मात्रै यो विषयमा टुंगोमा पुगिनेछ । अहिले कुनै निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्