Logo
|
Monday 28th October 2024
Logo

epaper

गाेदानकाे चुनावमा भाग लिन माघ २९ भित्र सदस्यता



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारी चिकित्सक संघ (गोदान) ले आसन्न निर्वाचनमा सहभागिताका लागि सदस्यता लिन माघ २९ गतेसम्मको म्याद तोकेको छ।

संघले शनिबार विज्ञप्ति निकालेर आसन्न निर्वाचनमा भाग लिनका लागि सदस्य बन्न माघ २९ म्याद रहेको बताएको हो।

प्रमुख निर्वाचन अधिकृत डा. रुद्रप्रसाद मरासिनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनलाई अझ बढी व्यवस्थित र निष्पक्ष बनाउन दुई निर्वाचन अधिकृत तोकिएको उल्लेख छ।

डा. पवनकुमार हमाल र डा टेकेन्द्र चौलागाईँलाई निर्वाचन अधिकृत नियुक्त गरिएको संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्