Logo
|
Monday 28th October 2024
Logo

epaper

नेपाल क्यान्सर हस्पिटलमा पाठेघर मुखको क्यान्सर परिक्षणमा विशेष छुट



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलले जनवरी महिनालाई पाठेघर मुखको क्यान्सर सचेतना महिनाको रुपमा मनाइरहेको छ । सचेतना महिनाको अवसरमा अस्पतालले  पुस १८, २५ र माघ ३, १० गते नि:शुल्क ओपिडि सेवा दिने भएको छ । साथै पाठेघर मुखको क्यान्सर स्क्रिनिङ अन्तर्गत प्याप स्मेयर र ह्रयुमन प्यापिलोमा भाइरस बिरुद्धको खोप (एच पि भि), डि एन ए परिक्षणका लागी ५० प्रतिशत छुटको व्यवस्था गरेको अस्पताल प्रशासनले जानकारी गराएको छ ।  नियमित जाँच र खोपबाट पाठेघर मुखको क्यान्सरबाट बच्न सकिन्छ ।

ह्रयुमन प्यापिलोमा भाइरस बिरुद्धको खोप कस्का लागी 

-९ देखि २६ उमेरका सकै महिलाका लागी

-यौन जिवनमा आबद्ध नभएका किशोरीहरुलाई यो खोप प्रभाबकारी

-९ देखि १४ महिलाले ६ महिनामा बर्षमा दुई पटक मात्र लगाए पुग्छ

-१५ देखि २६ बर्षका महिलामा बर्षमा ६ पटक लगाइन्छ भने ४५ बर्ष सम्मका महिलाहरुले यो खोप लगाउन मिल्छ ।

नियमित परिक्षण 

-२१ देखि ३० बर्षका विवाहित महिलाले हरेक तिन बर्षमा प्याप स्मेयर पाठेघरको मुखको श्राव परिक्षण गर्ने

-३० बर्ष माथीका विवाहित महिलाले हरेक ५ बर्षमा एच पि भि, डि एन ए परिक्षण र प्याप स्मेयर र एच पि भि, डि एन ए परिक्षण गर्ने वा ३० बर्ष माथीका विवाहित महिलाले हरेक ३ बर्षमा प्याय स्मेयर परिक्षण गर्ने ।

प्रतिक्रिया दिनुहोस्