Logo
|
Monday 28th October 2024
Logo

epaper

हिमपातबाट उद्धार गरेकी सुत्केरीका आफन्त भेटिए



 

2020-01-06-6676

 

जनस्वास्थ्य सरोकार, बैतडी । सुत्केरी व्यथा लागेर हिउँमाथि अलपत्र परेरकी महिलालाई प्रहरीले उद्धार गरेर सुत्केरी भएको दोस्रो दिन आफन्त भेटिएका छन् ।

हिउँमाथि सुत्केरी व्यथाले छट्पटाउँदै गरेकी महिलालाई अलपत्र छाडेर श्रीमान सम्पर्क विहीन भएपछि सुत्केरीको बैतडी प्रहरीले उद्धार गरेको थियो ।

शनिबार सुतकेरी व्यथा लागेर हिउँमाथि छट्पटाउँदै अलपत्र परेकी कुमारी बिष्टलाई बैतडी प्रहरीले उद्धार गरेर प्रसूति केन्द्र पुर्याएपछि बिष्टले आईतबार छोरो जन्माउनु भएको थियो ।

छोरो जन्मेको दोश्रो दिन सुत्केरी कुमारी बिष्टका कान्छा ससुरा रणबहादुर विष्ट र सुत्केरी कुमारी बिष्टका सौता पट्टीका छोरा २४ वर्षिय कर्णबहादुर विष्ट सम्पर्कमा आएको प्रहरील जानकारी दिएको छ ।

बैतडीको पुरचौडी नगरपालिका–१०, डाँडागाउँका अम्मर बिष्टले सुत्केरी श्रीमति कुमारी विष्टलाई अलपत्र छोडेर सम्पर्कबिहीन भएका थिए । सम्पर्क विहीन भएका श्रीमान घर गएको परिवार स्रोतले जानकारी दिएको छ । खर्च नहुँदा सुत्केरीलाई छोडेर गाउँमा पैंसा खोज्न आएको अम्मर बिष्टका जेठी पट्टीका २४ वर्षिय छोरा कर्णबहादुर विष्टले बताउनुभयो ।

बिष्टले भन्नुभयो, ‘आमा बितेपछि बुबाले दोश्रो विवाह गर्नुभएको हो । दोश्रो विवाह गरेर पहिलोपटक कान्छी आमा कुमारी बिष्ट गर्भवति हुनुभयो । व्यथा लागेपछि १९ गते बैतडी अस्पताल आउनु भएको हो । अस्पतालले रेफर गरेपछि खर्च थिएन । त्यसैले खर्च खोज्न बुवा गाउँ आउनु भएको हो ।’

श्रीमानले अलपत्र पारेर हिँडेपछि सुत्केरी कुमारी बिष्टलाई बैतडी प्रहरीले शनिबार दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा बजारमा रोईरहेको अवस्थामा फेला पारेको थियो ।

सुत्केरी श्रीमतिलाई छोडेर हिँड्ने श्रीमान अम्मर बिष्टको खोजी कार्य भईरहेको बेला परिवारका आफन्त सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।

प्रनाउ पाण्डेयले भन्नुभयो, ‘सुत्केरीका आफन्त भेटिएपछि सोमबार सुत्केरी कुमारी बिष्टलाई आफन्तले घर लगेर गएका छन् । स्वास्थ्यकर्मीले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएपछि परिवारले सुत्केरीलाई घर लगेर गएका छन् ।

हिमपात र वर्षा भईरहेको बेला शनिबार बेलुकी सुत्केरी महिला छट्पटाउँदै रोईरहेको सूचना पाएपछि स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज शंकरदत्त भट्टको कमाण्डमा चार जना प्रहरी खटाएर सुत्केरीको उद्धार गरिएको थियो ।
सुत्केरीपछि कुमारी बिष्टलाई प्रहरी र स्थानीय बजारवासीले न्यानो लुगा उपलब्ध गराएका छन् । सुत्केरी महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रहरीलाई धन्यवाद दिदैं सुत्केरी हुनुभएकी कुमारी विष्ट (कान्छी आमालाई) गाडीमा बसालेर घर लगेको जेठी पट्टीका छोरा कर्णबहादुरले बताउनभएको छ ।

प्रतिक्रिया दिनुहोस्