Logo
|
Sunday 5th May 2024
Logo

epaper

कान्ति बाल अस्पतालले मनायो ५८ औं वार्षिकोत्सव : पुस महिनासम्म ७० हजार बालबालिकाले लिए ओपीडि सेवा



जनस्वास्थ्य सरोकार काठमाडौँ । कान्ति बाल अस्पतालले चालु आर्थिक वर्षको पुस महिनासम्म ७० हजार बालबालिकालाई ओपीडि सेवा दिएको जनाएको छ । अस्पतालको ५८ औं वार्षिकोत्सव कार्यक्रममा दिइएको जानकारी अनुसार ओपीडि तर्फ ७० हजार र आकस्मिकतर्फ २७ हजार बालकालिकालाई सेवा दिइएको छ । अस्पतालका निर्देशक डाक्टर आर.पी. बिच्छाले गत आर्थिक वर्षमा ओपीडि तर्फ १ लाख ५५ हजार र आकस्मिकतर्फ ५५ हजार बालबालिकालाई सेवा दिइएको बताउनुभयो । हरेक वर्ष १० देखि १२ प्रतिशत सेवाग्राही बढेको उल्लेख गर्दै बिच्छाले गतवर्ष २ हजार बालबालिकाको शल्यक्रिया गरिएको र १० हजारले अन्तरंग सेवा लिएको बताउनुभयो ।
कान्तिमा आइसियु बेडको अभावका कारण देशका विभिन्न ठाउँबाट आउने विरामीलाई अन्य पठाउनुपर्ने अवस्था अझै पनि रहेको उहाँले बताउनुभयो । विज्ञहरुको सल्लाह अनुसार २ महिना पहिले १० बेडको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई नीजि अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो । अझैपनि एकदिनमा ४/५ जना बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता कान्तिमा रहेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रोेफेसर डा. डिएन शाहले बालरोगको क्षेत्रमा नेपालले गरेको केही विश्वस्तरिय अनुसन्धान गर्व गर्न लायक भएको बताउनुभएको छ ।
कान्ति बाल अस्पतालले अहिले २४ घण्टे सिटिस्क्यान सेवा सुरु गरेको छ, भने २ सिफ्टमा अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहेको छ । अबको १ वर्षभित्र करिब ५० जना बस्न मिल्ने कुरुवा घरको स्थापना गर्ने योजना अस्पतालले बनाएको छ । त्यसका लागि डिपिआएर तयार भएर नक्सा समेत पास भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्