Logo
|
Sunday 23rd March 2025
Logo

epaper

स्याङ्जाको पुतलीबजारमा वृहत दन्त शिविर, २५३ जनाको निःशुल्क दाँतको परीक्षण



नेपाल हेल्थ न्युज,स्याङ्जा । गण्डकी मेडिकल कलेज (जिएमसी) को प्राविधिक सहयोगमा स्याङ्जाको पुतलीबजार लामपाटामा भएको वृहत दन्त शिविर भएको छ ।

सो शिविरमा २५३ जनाको निःशुल्क दाँतको परीक्षण भएको छ । कार्यक्रमका लागि स्थानीय स्मृति युवा क्लले सहयोग गरेको थियो ।

रोटरी क्लबका संस्थापक अध्यक्ष रोटेरियन डा.लुना शर्मा अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथिको आशनबाट बोल्दै पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले स्वास्थ्य परीक्षण गरी समुदायमा स्वास्थ्य योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गर्नुभयो। उपमेयर देवी अर्याल, गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. रवीन्द्रप्रसाद श्रेष्ठ, नगरपालिकाका वडा नं १३ का अध्यक्ष जुद्धबहादुर राना लगायतको उपस्थितिमा विभिन्न संघ संस्था, क्लबका प्रतिनिधि तथा समाजका प्रतिष्ठित सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमका अध्यक्ष डा.अर्यालले दाँतको महत्व र स्वस्थ राख्ने तरिकालबारे सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो । यो शिविरले स्याङ्जा जिल्लाका जनतालाई राहत मिलेको उहाँले उल्लेख गर्नुभयो ।


रोटरी क्लब अफ नक्साल शक्तिका पब्लिक इमेज चेयर तथा गण्डकी मेडिकल कलेजका सहप्राध्यापक डा.नुवादत्त सुवेदीले स्याङ्जा जिल्लामा स्वास्थ्य सेवा सुदृढ गर्दै लैजानुपर्ने आवश्यकतामा औंल्याउनुभयो ।


गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज नगरपालिका र स्वास्थ्य महाशाखासँग सहकार्य गर्न तयार भएको उल्लेख गर्दै शिविरबाट रिफर हुने बिरामीलाई कलेजले विशेष छुट दिने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा उपमेयर देवी अर्याल, क्लवका सर्भिस प्रोजेक्ट चेयर डा. उज्ज्वल कोइरालाले शिविर आयोजना गरेकोमा रोटरी क्लब अफ नक्साल शक्तिप्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रम सम्पन्न गर्नमा पुतलीबजार नगरपालिका, सातुपसल स्वास्थ्य चौकी, सक्षम आमा समूह, लाम्पाटा बजार समिति लगायतको सहयोग रहेको छ ।

शिविरको व्यवस्थापन रोटरी क्लब अफ नक्साल शक्तिका कोषाध्यक्ष रोटेरियन कृष्ण पौडेलले र कार्यक्रम संचालन स्मृति युवा क्लब लाम्पाटाका सचिव मीनप्रसाद अर्यालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्