Logo
|
Monday 28th October 2024
Logo

epaper

‘चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागे’ : दुर्गा प्रसाईं



जनस्वास्थ्य सरोकार, काठमाडौँ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी प्रसाईले बिएण्डसी मेडिकल कलेजको सम्बन्धन दिन २० करोड रुपैयाँ घुस मागेको बताएका हुन् । मंसिर १५ गते काठमाडौको बत्तिसपुतलीस्थित होटल द्धारिकाजमा गिरीसँग आफूले भेट गरेको र त्यसक्रममा गिरीले आफूभन्दा माथिकालाई पनि रकम बुझाउनुपर्ने भन्दै २० करोड रकम माग गरेका प्रसाईंले बताएका छन् । गिरीले रकम दिन नसके आफन्तको नाममा दश प्रतिशत शेयर दिएपनि हुने बताएका प्रसाईंले उल्लेख गरेका छन् । उनले बिएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउन दिइएको निवेदन नै चिकित्सा शिक्षा आयोगले दर्ता नगरेको गुनासो गरे । आफूले सबै प्रक्रिया पूरा गरेपनि आयोगले दुःख दिएको बताए ।

यस्तो छ प्रेस विज्ञप्ति

२०६४।९।१४ गते माननीय शिक्षामन्त्रीको अध्यक्षतामा बसेको उच्च प्राविधिक शिक्षा प्रवद्र्धन तथा अनुगमन समितिको बैठकले तत्कालीन अवस्थामा मेडिकल कलेज स्थापना हुन नसकेका महाकाली, कर्णाली, धवलागिरी, राप्ती, भेरी अञ्चलको बाँकेबाहेक अन्य जिल्ला र मेची अञ्चललाई प्राथमिकता दिई आवेदन खुल्ला गर्ने निर्णय गरेको थियो । (समितिमा रहेका पदाधिकारीहरु र निर्णय भएका विषयमा यसै विज्ञप्तीसँगै सामेल पत्रमा उल्लेख छ) सो आवेदन खुलेसँगै प्रस्तावित वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले मनसाय पत्रको लागि निवेदन दिएको थियो । सोहीअनुसार शिक्षा मन्त्रालयले यस प्रा.लि.को नाममा २०६८।१०।२४ मेची अञ्चलको झापा जिल्ला स्थित धाइजन गाविसमा एम विविएस अध्ययापनकोलागि पुर्वाधार तयारी गर्न मनसाय पत्र (एलवाई) प्रदान गरेको थियो । मनसाय पत्रमा उल्लेखित शर्तअनुसार नै सबै प्रक्रिया पूरा गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३०० वेडको अस्पताल स्वीकृत भएको पनि ४वर्ष पुरा भैसकेको छ। मेडिकल कलेजका लागि आवश्यक सम्पूर्ण पूर्वाधार पूरा भएको भनी नेपाल मेडिकल काउन्सिलले २०७३।८।१७ गते एमवीवीएस कार्यक्रम सञ्चालन गर्न प्रारम्भिक अवस्थामा सकारात्मक देखिएको व्यहोराको राय परामर्श दिएको छ । सो राय परामर्श पश्चात २०७३।११।१५मा कुलपतिको हैसियतमा तत्कालीन प्रधानन्त्री पुष्पकमल दाहालको तोकआदेशमा काठमाडौं विश्वविद्यालयका उपकुलपतिलाई सम्बन्धन दिने सम्बन्धमा आवश्यक कार्यार्थसहित प्राथमिकताका साथ कार्यन्वयन गर्न निर्देशन भएको छ । सोही मितिमा शिक्षा मन्त्रालयले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट आएको निर्देशनसहित काठमाडांै विश्वविद्यालयलाई सम्बन्धनका लागि अगाडि बढाउन पत्राचार गरेको छ । शिक्षा मन्त्रालयको पत्रमा मेडिकल कलेज खोल्ने सबै प्रक्रिया पुगेको उल्लेख गरिएको छ । विश्वविद्यालयले भने शिक्षा मन्त्रालयले २०७३।१०।११ गते पठाएको पत्रलाई आधार मानी सम्बन्धनको प्रक्रिया अगाडि नबढाएको दावी गर्दै आएको थियो । सो मितिमा पठाएको पत्रमा चिकित्सा शिक्षा विधेयक २०७३ पारित नहुञ्जेल नयाँ मनसायपत्र जारी नगर्ने, पूरानाको नवीकरण गर्ने, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने र विस्तारित कार्यक्रम अनुमति दिने कार्य नगर्ने र उक्त विधेयक पारित भएपछि सोही ऐनले व्यवस्था गरे बमोजिम हुने उल्लेख छ । हामीले ऐन पास गराएर कानुन अनुसार अगाडी बढ्न सहमत भएर चार वर्ष पख्यौ र संसदबाट नया ऐन आयो । ऐन अनुसार चिकित्सा शिक्षा आयोगले पनि पुर्णता पायो । तर चिकित्सा शिक्षा ऐन आइसकेपछि सो अनुसार बनेको आयोगमा नियम अनुसार मेडिकल कलेज संचालन सम्बन्धनको प्रकृया अगाडी बढाउन दिइएको निवेदन नै लिइएन र हचुवाका भरमा कार्यकारी उपाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले पत्र समेत दर्ता गर्न गर्न मान्नुभएन र अन्य कर्मचारीलाइ दर्ता गर्न समेत दिनुभएन । म प्रस्तावित विए एण्सी मेडिकल कलेल संचालकको हैसियतमा पत्रकार साथिहरुलाइ एउटा अनुरोध गर्न चाहान्छु । मेरो पत्र किन दर्ता गरीएन ? प्रस्तावित विएण्ड सी मेडीकल कलेजको कुन पक्ष पुगेको छैन र रोकिराखीएको छ ? नेपालको कुन कानुनको कुन बुदाले विएण्सीलाइ मेडिकल कलेजको सम्बन्धन दिन रोक्छ ? यत्रो आयोगको कार्यकारी उपाध्यक्ष जस्तो व्यक्तिले हचुवाका भरमा विएण्डसीको प्रकृया नै अगाडी बढ्न हुदैन भन्न पाइन्छ ? उहा कुन मितीमा वि एण्ड सी मा गएर भौतिक संरचना, सेवा र फ्याकल्टी हेनुभयो र त्यस्तो व्यवहार प्रस्तुत गर्नुभयो? यो प्रस्न सम्बन्धीत अधिकारीहरुबाट खोजिदिनुहुन पत्रकार मित्रहरुमा अनुरोध छ । अन्तमा वि एण्ड सीमा रहेका भौतिक संरचना, आवश्यक फ्याक्लटी, उपकरण र विरामीको चाँप कुनै पनि संचालनरत मेडिकल कलेहरु भन्दा एक इन्च पनि कमी छैन । कसैले पनि जुनसुकै वेला अनुगमन गर्न सक्नुहुन्छ ।

धन्यवाद

दुर्गा प्रसाइ, कार्यकारी निर्देशक/ वि एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च हस्पिटल प्रालि झापा

प्रतिक्रिया दिनुहोस्