Logo
|
Monday 28th October 2024
Logo

epaper

२० करोड घुस मागेको आरोपः चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीमाथि छानविन गर्न चिकित्सा शिक्षा संघर्ष समितिको माग



जनस्वास्थ्य सरोकार, काठमाडौं । २० करोड घुस मागेको आरोप लागेका चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा श्रीकृष्ण गिरीमाथि छानविन गर्न चिकित्सा शिक्षा संघर्ष समितिले माग गरेको छ । चिकीत्सा शिक्षा संघर्ष समितीले मेडीकल कलेजहरुले यसै वर्षदेखि ७५ प्रतिशत छात्रबृत्ति कार्यान्वयनमा ल्याउन माग गरेको छ । संघर्ष समितीले एक विज्ञप्ती जारी गर्दै काठमाडौं विश्वविद्यालय, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, देवदह मेडिकल कलेजमा छात्रबृत्ति कार्यान्वयन गराउन माग गरेको हो । यस्तै, एमविवीएस, बिडीएस लगायतको भर्ना प्रकृया यथासिघ्र अगाडी बढाउन समितीले आग्रह गरेको छ । एमबिबीएस, विडिएसको इन्टर्न सिपपछि अनिवार्य रुपमा एक वर्ष काम गरेपछि मात्रै पोष्ट ग्राजुएट गर्न पाउने प्रावधान हटाउन माग गरीएको समितीका प्रवक्ता सुजन कडरीयाले बताए । यस्तै, समितीले एमबिबीएस, विडीएस, नर्सीङ लगायतमा लिइएको अतिरीक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकहरुलाई माग गरेको छ । ७२ घण्टाभित्र माग सम्बोधन नगरीए संघर्षका कार्यक्रमहरु सार्वजनिक गरीने चिकीत्सा शिक्षा संघर्ष समितीले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्