Logo
|
Monday 28th October 2024
Logo

epaper

कोरोनोभाइरस : नयाँ खतरनाक भाइरसको संक्रमण खतरा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चीनको वुहान प्रान्तमा अहिले निमोनियाको बिरामी बढेका छन् । वुहानमा निमोनियाबाट दर्जनौँ मानिसहरु संक्रमित भएका छन् । निमोनिया बिरामीहरुमा कोरोनोभाइरस नाम गरेको नयाँ प्रकारको भाइरसले संक्रमण देखाएको छ ।

कोरोनोभाइरसबाट १५ देखि ५७ बिरामीहरु चपेटमा परेको जनाइएको छ । यस भाइरसलाई इलेक्ट्रोन टेलिस्कोपको माध्यमबाट विज्ञहरुले पत्ता लगाएका हुन् । कोरोनोभाइरस ठूलो परिवारको भाइरस हो । यसले सामान्य चिसो देखि तीव्र श्वास सिन्ड्रोमसम्मको घातक रोगलाई निम्त्याउने कुरा विश्व स्वास्थ संगठनले जनाएको छ ।
भाइरसले सामान्य ज्वोरो देखि किड्नीसम्म हानी पुर्याएर ज्यानसमेत जाने गर्दछ । एसियाको करिब ३७ देशहरुमा यसको संक्रमण रहेको तथ्यांक छ ।

तीव्र श्वास सिन्ड्रोमबाट एसियामा करिब आँठ हजार मानिस प्रभावित भएका छन् । जसमध्ये ७७४ जनाको मूत्यु भएको जनाइएको छ । चीनमा देखिएको सो संक्रमणले श्वासमा समस्या देखिएको जनाइएको छ । चीनमा यस संक्रमणबाट कसैको मूत्यु नभएको समेत जनाइएको छ । त्यस संक्रमणले मानिस तथा जनावरसमेतलाई प्रभावित गर्ने क्षमता राखेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्