Logo
|
Monday 28th October 2024
Logo

epaper

छ करोड ६७ लाखमा बन्यो स्वास्थ्य केन्द्र भवन



अपाङ्गमैत्री सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण भएपछि स्वास्थ्य सेवाका लागि अन्यत्र धाउनुपर्ने गाउँपालिकावासीको समस्या समाधान भएको गाउँपालिका अध्यक्ष आलमले बताए । “स्थानीयस्तरमा सुविधासम्पन्न स्वास्थ्य संस्था नहुँदा यहाँका बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यता थियो”, उनले भने, “अब यो स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने लक्ष्य छ ।”

स्थानीयस्तरमै सुविधायुक्त स्वास्थ्य संस्था बनाउने उद्देश्यले स्थानीयवासी चिन्तामणि खरेलले निःशुल्क प्रदान गरेको एक बिघा १७ कठ्ठा जग्गामा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो । नवनिर्मित प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने योजना रहेको झापा क्षेत्र नं ३ का सांसद राजेन्द्र लिङ्देनले बताए । अस्पतालसँगै सर्पदंशको उपचार सेवा पनि सञ्चालन ल्याइने उनको भनाइ थियो । हाल बनियानी चोकमा सञ्चालित स्वास्थ्य केन्द्र केही दिनपछि नयाँ भवनमा सर्नेछ ।

यसैबीच, शहरी विकास तथा भवन निर्माण कार्यालयले कचनकवलको घेराबारीमा रु एक करोडको लागतमा निर्मित स्वास्थ्यचौकी भवन गाउँपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्