Logo
|
Monday 28th October 2024
Logo

epaper

स्क्रब टाइफसका बिरामी भेटिए



जनस्वास्थ्य सरोकार, बेनी । म्याग्दीमा स्क्रब टाइफस रोगका बिरामी भेटिएका छन् । बेनी अस्पतालमा उपचारका लागि आएकी ६६ वर्षीया महिलामा स्क्रब टाइफसको संक्रमण भेटिएको हो।  उनी बेनी नगरपालिका ९ घतानकी हुन् । जिल्लामै पहिलो पटक स्बक्र टाइफसका बिरामी भेटिएको अस्पतालका चिकित्सक सुदिप अधिकारीले बताए ।

‘लामो समयसम्म ज्वरो निको नभएपछि उपचारका लागि अस्पताल आएकी ती महिलामा स्क्रब टाइफसको संक्रमण भेटियो, उनले भने, ‘उपचार भइरहेको छ।’  अरुमा पनि स्क्रब टाइफसको संक्रमण फैलिन सक्ने भएकाले सतर्कता अपनाइएको छ ।

स्क्रब टाइफसका बिरामीमा आँखा रातो हुने, झाडापखला लाग्ने, टाउको दुख्ने, पसिना धेरै आउने, किराले टोकेको ठाउँमा रातो डाबर जस्तो देखिने गर्छ। मुसाबाट सर्ने भएकाले घरभित्र र वरपरको वातावरण सफा राख्ने, वनपाखा जाँदा शरीर ढाक्ने कपडा लगाउने, मुसा नियन्त्रणको लागि उपयुक्त विधि अपनाउने, मुसाको बासस्थान भत्काउनुपर्ने अस्पतालका प्रमुख मनोज घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्