Logo
|
Monday 28th October 2024
Logo

epaper

स्वास्थ्य उपचार गर्न पौडेल दिल्ली प्रस्थान



काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका छन्।

रक्तचापको बिरामी रहेका पौडलले नेपालीकै अस्पतालमा उपचार गराए पनि उनी थप उपचारका लागि दिल्ली गएका हुन्। नेपालका अस्पतालमा गरिएको परीक्षणमा फरकफरक रिपोर्ट देखिएको उनको सचिवालयले जनाएको छ।

दिल्ली जानुअघि पौडेलले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। दिल्लीमा रहँदा उनले राजनीतिक भेटसमेत गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्