Logo
|
Friday 22nd November 2024
Logo

epaper

क्लिनिकल प्रयोगशाला: प्रगति र दुर्गति बराबर



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  कुनै व्यक्ति अस्वस्थ भएपछि डाक्टरको भरोसामा अस्पताल पुग्छ । डाक्टरको भरोसा तीनै ल्याब हुन्, जहाँबाट बिरामीको रोग पहिचान भएपछि मात्र उपचारको विधि शुरु हुन्छ । जब ल्याबबाटै गलत रिपोर्ट पुग्छ भने डाक्टरले गर्ने उपचारको के अर्थ हुन्छ ?

अहिले बजारमा भुस्याहा कुकुर सरह प्याथोलोजी ल्याब छन् । जहाँ बिरामीको ज्यानसँग खेलवाड भइरहेको छ भने आर्थिक दोहन पनि त्यत्तिकै भएको छ । यस्ता अवैध प्याथोलोजी सञ्चालकहरुले चिकित्सकहरुलाई अत्यधिक कमिसन दिएर काम गर्दा निहत्था गरिब बिरामी लुटिनुको विकल्प छैन । अबैध प्याथोलोजीलाई बढावा दिनमा झोलाछाप चिकित्सकहरुको ठूलो हात छ ।

जनस्वास्थ्यसँग गाँसिएको प्याथोलोजी सेवा अचेल व्यापारिकरण भइरहेको र झारा टार्ने हिसाबले समेत कतिपय ल्याबहरु चलिरहेको बिभिन्न अनुगमनका क्रममा पनि भेटिएका छन् । प्याथोलोजी सेवालाई ‘इजी मनी’ कमाउने व्यवसाय बनाउने क्रम रोक्न सम्बद्ध पक्षले नै बढि पहलकदमी लिनुपर्ने देखिन्छ । रोगको पहिचान, निदान, रोकथाम, उपचार, अनुसन्धान र सुझाव प्रयोगशाला रिपोर्टबाट मात्र थाहा हुने भएकाले पनि यसलाई बढि जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

यिनै सुझावका आधारमा राष्ट्रिय प्रयोगशाला नीति २०६९ जारी भई ‘स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्डसम्बन्धि निर्देशिका २०७३’ पनि मन्त्री परिषद्बाट पारित भई सञ्चालनमा आइसकेको छ । यस निर्देशिकाले प्रयोगशालाहरुलाई पाँच वर्गमा वर्गिकरण गरेर सञ्चालनमा ल्याउने अभियान शुरु गरेको छ । तर यसले द्रुत गति लिन सकेको छैन । थोरै प्रयोगशालाहरु मात्र वर्गिकरणमा परेका छन् । वर्गिकरणका लागि निवेदन दिने प्रयोगशालाहरुको संख्या पनि न्यून छ ।

एकिन तथ्यांक नभएपनि अहिलेसम्म मुलुकभर दर्तामा आएका १४ सय र दर्ता नभएका ३ हजारभन्दा बढी निजी क्षेत्रका प्याथोलोजी ल्याबहरु भएको अनुमान गरिएको छ । हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत २९८ वटा सरकारी प्रयोगशाला रहेका छन् । तिनीहरुले कसरी काम गरिरहेका छन् भन्ने प्रभावकारी अनुगमन भएन भने स्वास्थ्य क्षेत्रमा अराजकता बढ्ने र मानव स्वास्थ्य माथि खतरा थपिने देखिन्छ ।
प्रयोगशालाको इतिहास र वर्तमान
बि.सं. २०२१ (सन १९६५) सालदेखि नेपालमा प्रयोगशालाको शुरुवात् वीर अस्पतालको प्याथोलोजी विभागबाट भएको थियो । यसलाई वि.सं. २०३४ मा केन्द्रीय स्वास्थ्य प्रयोगशालामा स्तरोन्नति गरी प्रयोगशालाको विकासमा थप टेवा दिएको पाइन्छ । यसैलाई आधार मानी वि.सं. २०५० सालमा छुट्टै निकायको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरी सोही अनुसार कार्य हुँदै आएको छ ।
विगतमा प्रयोगशाला सम्बन्धी छुट्टै नीति तर्जुमा भएको थिएन । नेपाल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी सेवा प्रदान गरेको थियो । यस बारे छुट्टै नीति निर्माण नभएका कारण राष्ट्रिय रक्त सञ्चार नीतिमा भएको व्यवस्था अन्तर्गत रही स्वास्थ्य प्रयोगशालाहरु सञ्चालनमा थिए । प्याथोलोजी सेवामा प्रयाप्त अनुसन्धान हुनसकेको छैन । प्याथोलोजी सेवालाई प्रभावकारी बनाउन स्तरीय मेसिनको महत्वपूर्ण भूमिका रहन्छ ।

हाल सरकारीस्तरमा रहेका करिब ४० जना ल्याब टेक्निकल मेनपावरले यसलाई धान्न सक्ने अवस्था छैन । अहिले कन्ट्र्याक्टमा लिएका गरी ६० जना रहेका छन् । जनशक्तिका लागि ओएमएन सर्बे गरेको भएपनि अहिलेसम्म मन्त्रिपरिषद्ले यसलाई पारित गरेको छैन ।

प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड
बि.सं. २०६९ मा जारी भएको राष्ट्रिय स्वास्थ्य प्रयोगशाला नीति एवं स्वास्थ्य नीति २०७१ ले अवलम्बन गरे बमोजिम स्वास्थ्य प्रयोगशालाको सेवा सञ्चालनलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड सम्बन्धित निर्देशिका २०७३ बनाइ लागु गरेको छ । ‘प्रयोगशाला सेवालाई थप प्रभावकारी पार्दै समग्र स्वास्थ्य सेवामा टेवा पुर्याउने निर्देशिकामा उल्लेख छ । तर यसको कार्यान्वयन कछुवा गतिमा भएको सम्बन्धित विज्ञहरुको भनाइ छ ।

विभिन्न औषधि पसलहरुमा नमूना लिएर अरु प्याथोलोजीमा लगेर टेष्ट गर्ने परिपाटीमाथि पटक पटक प्रश्न उठिसकेको छ । यो नियम हटाउन नसक्ने हो भने प्याथोलोजी सेवा बद्नाम हुन सक्छ । एउटा माइक्रोस्कोपसमेत नभएको ठाउँमा ल्याब परीक्षण गर्ने भनेर बोर्ड झुण्डाउने प्रवृतिको अन्त्य गर्न जरुरी देखिएको छ ।
डाक्टरले उपचार ढिलो ग¥यो वा कहिले कहिँ डाक्टरको प्रेस्क्रिप्सन गलत भयो भने पनि बरु विरामी बाँच्न सक्ला तर ल्याबबाटै गल रिपोर्ट आयो भने जे पनि हुनसक्छ । दुवै मिर्गौला फेल भइसकेको व्यक्तिलाई एक वर्षसम्म पटक पटक परीक्षण गर्दा पनि ठिक छ भनेर रिपोर्ट दिने ल्याबले ती व्यक्तिको जीवनमाथि खेलवाड गरेको हो कि होइन ? त्यस्तामाथि कडा कारवाही गर्न सरकार र सम्बद्ध पक्षको सक्रियता आवश्यक छ ।
प्याथोलोजीहरुको गुणस्तरीय र विश्वनियताका लागि सम्बद्ध विषयका विज्ञ र दक्ष जनशक्ति पहिलो शर्त हुन् ।अनुभवविहीनलाई प्याथोलोजी जस्तो संवेनदशील ठाउको जिम्मा दिदा विरामीको ज्यान खतरामा पर्न सक्छ । कुनै पनि रोगको पहिचान गर्ने सन्दर्भमा जुनसुकै ल्याबमा टेष्ट गरे पनि रिपोर्टमा एकरुपता हुनुपर्छ । यसमा कहिँ कतै सम्झौता गर्न हुँदैन ।

विश्वसनीयतामा प्रश्न
नेपालका कुनै पनि ल्याबमा गरिएको परीक्षणको रिपोर्टको विश्वसनीयता अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने भयो भने मात्र हाम्रो राष्ट्रिय जनस्वास्थ्य नीति विश्व मापदण्डको हुनेछ । सरकारले प्रयोगशाला सेवा भएका हरेक स्वास्थ्य संस्थामा गुणस्तर जाँच गर्ने निकायको व्यवस्था गर्नुपर्ने सुझाव विज्ञहरुले दिइरहेका छन् । सरकारले अनुगमन, नियमन र गुणस्तर जाँचमा कडाइ गर्ने हो भने गल्ली गल्लीमा खुलेका प्याथोलोजी ल्याबहरु कि त नियम अनुसार गर्न बाध्य हुन्छन् कि बन्द हुन्छन् ।
अहिले नेपालमा गल्ली गल्लीमा प्याथोलोजी ल्याव खुलिरहेका छन् । तर यिनीहरुले दिने सेवाको गुणस्तर र विश्वसनीयतामाथि पर्याप्त बहस भएको छैन । पर्याप्त अनुगमन पनि भएको छैन । यसको मारमा पर्छन् सर्वसाधारण । सेवा दिने भन्दा पनि झारा टारेर पैसा असुल्ने काम त भइरहेको छैन ? यसतर्फ सम्बद्ध निकायहरुको ध्यान पुग्नैपर्छ । किनकी प्याथालोजी सेवा नै रोग पहिचान र निदानको पहिलो माध्यम हो । यहिँबाट गडबडी भयो भने मान्छेको जीवनमै गडबडी हुन्छ ।
प्याथोलोजी सेवामा गुणस्तरीय उपकरणको महत्वपूर्ण भूमिका रहन्छ । यसलाई चलाउन सक्ने दक्ष प्राविधिक अर्को महत्वपूर्ण भाग हो । प्याथोलोजी सेवा दिँदा उपकरणले ठीक काम गरे नगरेको निगरानी राख्नुपर्छ । अन्यथा परीक्षण रिपोर्ट ठीक नआउन सक्छ । यसबाट ल्याव सेवा लिन व्यक्तिले गरेको लगानी बालुवामा पानी हालेजस्तै हुनसक्छ । यति मात्र होइन आवश्यक उपचारको अभावमा व्यक्तिको ज्यान जानसक्ने खतरासमेत रहन्छ ।

प्रयोगशालाका प्रकार
जनस्वास्थ्य प्रयोगशाला
– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
– क्षेत्रीय जनस्वास्थ्य प्रयोगशाला
– जिल्ला जनस्वास्थ्य कार्यालयमा आधारित प्रयोगशाला
अस्पतालमा आधारित प्रयोगशाला
सरकारी अस्पतालमा आधारित प्रयोगशाला
-केन्द्रीय अस्पतालमा आधारित प्रयोगशाला
– क्षेत्रीय/प्रान्तीय अस्पतालमा आधारित प्रयोगशाला
– उप–क्षेत्रीय अस्पताल र अञ्चल अस्पतालमा आधारित प्रयोगशाला
– जिल्ला अस्पतालमा आधारित प्रयोगशाला
– प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित प्रयोगशाला
– हेल्थपोष्टमा आधारित प्रयोगशाला

निजी अस्पतालमा आधारित प्रयोगशाला
– साधारण अस्पतालमा आधारित प्रयोगशाला
-विशेषज्ञ सेवा मात्र प्रदान गर्ने अस्पतालमा आधारित प्रयोगशाला
सरकारी तथा निजी मेडिकल कलेज÷शिक्षण अस्पतालमा आधारित प्रयोगशाला
-प्रयोगशाला सेवा मात्र प्रदान गर्ने प्रयोगशाला
-अनुसन्धान प्रयोगशाला
– प्रेषण प्रयोगशाला
– रिफरेन्स (सन्दर्भ) प्रयोगशाला
प्रयोगशाला सेवा मात्र प्रदानगर्ने प्रयोगशाला
प्रयोगशाला सेवा मात्र प्रदान गर्ने निजी प्रयोगशाला (स्टेण्डएलोन प्रयोगशाला) का साथ साथै निजी क्लिनिक/पोलिक्लिनिकमा आधारित प्रयोगशाला र बैदेशिक रोजगारीमा जानेहरुको परिक्षण गर्ने प्रयोगशालाहरु समेत यसै समूहमा पर्नेछन् ।
अनुसन्धान प्रयोगशाला
अनुसन्धान प्रयोगशालाले राष्ट्रियस्तरमा प्रयोगशालामा आधारित मानव नमूनामा जनस्वास्थ्यसँग सम्बन्धित संक्रामक र गैर संक्रामक रोगहरुको अनुसन्धान कार्य गर्नेछन् ।

प्रयोगशालाको वर्गिकरण

आमनागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य प्रयोगशाला सेवा प्रदान गर्ने प्रयोजनको लागि प्रचलित कानून बमोजिम सरकारी, निजी, सामुदायिक, गैरसरकारी वा सहकारी स्तरमा स्थापना हुने स्वास्थ्य संस्थामा आधारित प्रयोगशालाहरु तथा प्रयोगशाला सेवा मात्र प्रदान गर्ने गरी स्थापना हुने प्रयोगशालाहरुको सेवा सञ्चालन गर्दा पालन गर्नु पर्ने मापदण्ड तथा स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन अनुमतिप्रदान गर्ने प्रकृयालाई सरल, सहज, व्यवस्थित तथा प्रभावकारी बनाई स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन गर्न वाञ्छनीय भएकोले, सुशासन ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको निर्देशिका बनाएकोछ ।
अस्पतालहरुमा आधारित भई प्रयोगशाला सेवा सञ्चालनको अनुमति प्राप्त गरेको प्रयोगशालालाई अस्पतालमा आधारित प्रयोगशाला भनिन्छ । अस्पतालहरुमा आधारित नभई प्रयोगशाला सेवा मात्र प्रवाह गर्ने गरी स्थापना भई सञ्चालन अनुमती प्राप्त गरेका प्रयोगशालाहरु र पोली क्लिनिकमा आधारित प्रयोगशालाहरुलाई स्टाण्डएलोन प्रयोगशाला भनिन्छ । प्रयोगशालाहरुको सेवा सुविधाको निरीक्षण गरी उपलव्ध सेवा सुविधा मापदण्ड अनुरुप भए नभएको जाँच गरी लिखित तथ्य पेश गर्ने आधिकारिक निकाय अर्थात प्रमाणीकरण गर्ने निकाय (Accreditation body) हो । अहिले स्वास्थ्य प्रयोगशाला स्थापना तथा सञ्चालन मापदण्ड २०७३ ले प्रयोगशालाहरुलाई ५ (पाँच) समूहमा ‘ए’ देखि ‘ई’ सम्म वर्गिकरण गरेको छ ।

ए र बी समूहका प्रयोगशालाको स्थापना तथा सञ्चालनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिनुपर्छ । सि र डी समूहका प्रयोगशालाको स्थापना तथा सञ्चालनका लागि क्षेत्रीय स्वास्थ्य निर्देशानलय र ई समूहका प्रयोगशाला सञ्चालनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट स्वीकृति लिनुपर्ने नयाँ प्रावधान छ ।

‘ए’ समूहका प्रयोगशाला

यो समूहमा पर्ने प्रयोगशालाहरुले अति–बिशिष्ट प्रयोगशाला सेवा प्रदान गर्नेछन् । यस समूहमा २ सय भन्दा बढी वेडका सरकारी वा निजी अस्पतालमा आधारित प्रयोगशाला, मेडिकल कलेजमा आधारित प्रयोगशाला, प्रेषण प्रयोगशाला, केन्द्रिय तथा क्षेत्रीय अस्पतालमा आधारित प्रयोगशालाहरु र ५० वेड भन्दा माथिका विशेषज्ञ सेवा प्रदान गरिने अस्पतालका प्रयोगशालाहरु एवं अति विशिष्ट सेवा दिने स्टाण्डएलोन प्रयोगशाला पर्दछन् ।

मापदण्ड

Space: 

2000 sq ft or more (depending upon the number of specialized

services). There should be adequate space for sample collection,

lnformation/reception/cash counter, reporting room, QC unit, library, meeting

hall and office.

Equipment/consumables/reagent/Kits

As required to perform designated

tests and expected advanced technologies.

Human Resource

 Minimum 24 or six per discipline (Haematology,

Biochemistry, lMicrobiology, Histocytopathology) with50% technical manpower

should be having Bachelor’s Degree or above with at least one per department

having Masters Degree or above depending upon the nature of tests

Services (range of tests)

Laboratories will provide advance level/sophisticated

technologies in all the services^ests approved for “B” cate8ory (Specialized)

laboratories , molecular tests, superspecilaised tests like flow cytometry,

genetic study. ln addition to this, some special tests services provided by “A”

category lab include super-specialized services in different disciplines.

जनरल अस्पतालमा आधारित प्रयोगशाला भएमा प्रयोगशालाका मुख्य ४ विधा माइक्रोबायलोजी, हिस्टो साइटोलोजी, हेमाटोलोजी र वायोकेमेष्ट्री सेवा उपलब्ध हुनुपर्नेछ । विशिष्ट सेवा दिने स्टेण्डएलोन प्रयोगशालाले आफ्नो विशष्टिताको आधारमा एक वा बढी विधाका सेवा राख्न सक्नेछन् ।

‘बी’ समूहका प्रयोगशाला
५१ देखि २०० वेड सम्मका जनरल अस्पताल, अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालहरुमा आधारित प्रयोगशाला यस समूहमा पर्दछन् । ५० वेड सम्मका विशेषज्ञ सेवा प्रवाह गर्ने अस्पतालहरुमा आधारित प्रयोगशालाहरु र विशिष्ट सेवा दिने स्टेण्डएलोन प्रयोगशाला समेत बी समूहको हुनुपर्ने छ । जनरल अस्पतालमा आधारत प्रयोगशाला भए प्रयोगशालाका मुख्य ४ विधा माइक्रोवायोलोजी, हिस्टो साइटोलोजी, हेमाटोलोजी र बायोकेमेष्ट्रीमध्ये कमसेकम ३ विधाको सेवा उपलब्ध हुनुपर्नेछ । विशिष्ट सेवा दिने स्टेण्डएलोन प्रयोगशाला आफ्नो विशिष्टताको आधारमा एक वा बढी विधाका सेवा राख्न सक्नेछन् ।

मापदण्ड

Space

1000 sq ft or more with adequate rooms required for all specialized

laboratory services (depending on type ofservices).There should be adequate space for Sample collection, lnformation/reception/cash counter, reporting room, QC unit, library, meeting hall and office of the laboratory heads.

Equipment/consumables/reagent/Kits

As required to perform designated tests. Modern/advanced technology should be adopted.

Human Resource

Twelve or four per discipline with50% technical manpower should be having Bachelor’s Degree or above with at least three having Masters Degree or above depending upon the nature of tests

Services (range of tests)

To be provided by these laboratories include all the services /tests approved for “C” category (Standard) laboratories. ln addition, these specialized laboratories can provide all services including  special coagulation profile, hormone analysis, lmmuno-histo chemistry (lHC), Tumor markers, Advance C/S (anaerobic culture, fungus culture), hemolytic profile, tests performed by ELISA/CLIA technique as per requirement,

  

सी’ समूहूहका प्रयोगशाला

यस समूहमा ५० वेडसम्मका जनरल अस्पतालमा आधारित प्रयोगशालाहरु पर्दछन् । यस समूमा सरकारी प्रयोगशालाहरुलाई तोकिए सरहकै मापदण्ड लागू हुनेछ ।

मापदण्ड

 Space

4oo sqft or more with designated areas for sample collection, sample processing and reporting

Equipment/consumables/reatent/Kits

As required to perform desiSnated tests. Modern/advanced technology should be adopted.

Human Resource

Minimum six with at least 50% technical manpower should be having Bachelo/s Degree or above with at least one having Masters Degree or above depending upon the nature of tests.

 Services (range of tegts)

To be provided by these laboratories ihclude all the services/tests approved for “D” category (lntermediate) laboratories plus the following:

Hematoloty: Absolute counts, Blood grouping for transfusion purpose, Cross matching, and reticulocyte count, peripheral blood smear examination

Biochemistry: Cardiac Enzymes, other enzymes, Thyroid Function Test ( T3,

T4, TSH )

Micrgbiology:  All Routine bacteriology culture, ELISA for infectious disease, e.g.: HlV, HBSA& HCV, etc.

Hlstopatholoty/Cytopathology, Bone Marrow aspiration and biopsy

service

Miscellaneous: CSF and body fluid analysis, Semen analysis

‘डी’ समूहका प्रयोगशाला

यस समूहमा पर्ने प्रयोगशालाहरु सरकारीस्तरमा प्राथमिक स्वास्थ्य केन्द्रमा आधारित हुनेछन् । यहाँबाट सामान्य प्रकृतिका परीक्षण हुन्छन् । यसका साथै सरकारी प्रयोगशालाहरुलाई तोकिए सरहकै मापदण्ड पूरा गर्नुपर्छ ।
मापदण्ड

Space

25o sq ft or more with designated areas for sample collection, sample processing and reporting

Equipment/consumables/reaSent/Klts

As required to perform designated tests. Modern/advanced technology should be adopted.

Human Resource

Minimum four, one of whome should be Lab Techonologist or above.

Services (range of tests)

To be provided by these laboratories include all the services/tests approved for “E” cate8ory (Basic) laboratories plus the following:

. Hematology: RBC count, PT, APTT,Platelet count, Hematocrit, Red cell lndices

. Biochemistry:  SGOT, SGPT, ALP, tipid profile,creatinine, sodium, potasssium

. Microbiology: Gram stain and KoH mount for fungi

. Serological tests: RPR, Widaltest, ASO Titre, RA Factor, CRP,

. Tests by RDTS: All

. Miscellaneous: Stool for occult blood, Urine ketone bodies, urobilinogen, bile salt, bile pigment, Bence Jones protein.

‘ई’ समूहका प्रयोगशाला

यस अन्तर्गत सरकारी स्तरमा हेल्थपोष्टमा आधारित प्रयोगशाला पर्छन् । यस अन्तर्गत निजी क्षेत्रका प्रयोगशालाहरुले पनि सरकारी प्रयोगशालालाई तोकिएसरहकै मापदण्ड पूरा गर्नुपर्छ ।
मापदण्ड

Space

150 sqft or more

Equipment/consumables/reagent/Kits

As required to perform desiSnated tests. Modern/advanced technology should be adopted.

Human Resource

 Minimum two

Services (range oltests): To be provided by these laboratories include:

. Hematology: TC, DC, hemoglobin, ESR, blood8rouping for non{ransfusaon purpose, BT, CT

. Biochemistry: Sugar, Urea, BilirubinT& D, S. UricAcid,Total protein, serum albumin

. Microbiology: sputum AFB stain (Z-N stain)

. Tests by RDTS: With simple interpretation

. Miscellaneous: Routine urine analysis, routine stool analysis, urine

pregnanry test, Stool for reducing  substances.

वर्गिकृत सबै प्रयोगशालाहरुका लागि आवश्यक पूर्वाधार

  • सजिलै पहुँच
  •  प्रयाप्त हावा आवत जावत गर्ने स्थान
  •  प्रयाप्त मात्रामा उज्यालो भएको
  •  नियन्त्रित वातावरण ९तझउभचबतगचभ, mयष्कतगचभ, बष्च, कतभचष्ष्तिथ, मगकत, चबमष्बतष्यल भतअ०
  •  पर्याप्त पानीको आपूर्ति व्यवस्था
  •  नियमित बिजुली आपूर्ति व्यवस्था
  •  प्रयोगशाला सञ्चालनको क्षमता र गुणस्तर
  •  जिवाणुरहित बनाउने सुविधा
  •  फोहर व्यवस्थापनको उपयुक्त सुविधा
  •  नमुना र रिएजेन्टहरुको ढुवानीको लागि उपयुक्त भण्डारण सुविधा
  • तथ्यांक भण्डारण, अभिलेखीकरण र व्यवस्थापन ्व्यक्तिगत र वातावरणको सुरक्षा
  •  गुणस्तरीय रीएजेण्ट र केमिकलको प्रयोग
  •  मिसावट र कन्टामिनेसनको जोखिममुक्त गर्ने व्यवस्था

घटुवा वा खारेजी गर्न सक्ने
विभिन्न निकायहरुबाट सञ्चालन अनुमति जारी भएको प्रयोगशालाहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जुनसुकै बेला अनुगमन गर्न सक्नेछ । यसरी अनुगमन गर्दा तोकिएको बमोजिमको मापदण्ड अनुरुप नपाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ती प्रयोगशालाहरुको समूह घटुवा गराउने र खारेजी समेत गर्न सक्नेछ । एउटा समूहको लागि अनुमति पत्र प्राप्त गरिसकेपछि संचालनमा आइसकेको प्रयोगशालाहरुको समूह घटुवा वा खारेज गर्ने अधिकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मात्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्