Logo
|
Sunday 5th May 2024
Logo

epaper

चिरायू हस्पिटल कोरोना भाइरस (कोभिड—१९) उपचार सेवाका लागि तयारी अवस्थामा



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बसुन्धरास्थित चिरायू हस्पिटलले कोरोना भाइरस (कोभिड—१९) को संभावित जोखिम न्युनिकरणका लागि आवश्यक पूर्वाधार र जनशक्तिहरुलाई स्टेन्डवाई राखेको छ ।

हस्पिटलमा १४ बेडको क्वारेन्टाइन वार्डको व्यवस्था मिलाइएको छ । हस्पिटलले मुलुकमा लकडाउन हुनभन्दा अघि गत मार्च २४ देखि नै ज्वरो क्लिनिक शुरु गरिसकेको थियो । अस्पतालमा रहेका विभिन्न स्वास्थ्य विभागका मेडिकल स्टाफहरुलाई कोरोनाबारे अभिमुखीकरण तालिम उपलब्ध गराउनुका साथै हस्पिटलका चिकित्सकहरुले राष्ट्रियस्तरका टेलिभिजनहरु मार्फत कोभिड—१९ बारेमा जनचेतनामुलक जानकारी प्रदान गर्दै आएका छन् ।

चिरायु हस्पिटल वर्तमान महामाहारीमा जोखिममा परेका बिरामीहरुको सेवा गर्न प्रतिवद्ध रहेको अस्पतालका निर्देशक चण्डेश्वर वैद्यले जानकारी दिनुभयो । वर्तमान संकटको सामना गर्न हस्पिटलका फ्रन्टलाईन मेडिकल स्टाफहरुलाई स्टेन्डवाई तयारी अवस्थामा राखिएको छ । पूर्ण क्षमतामा जनताको सेवा गर्न हस्पिटल तयारी अवस्थामा रहेको निर्देशक बैद्यले बताउनुभयो । यो महामारीेको संभावित जोखिममा आकस्मिक अवस्था बाहेक घरमा नै बसेर सुरक्षित रहन हस्पिटलले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्