Logo
|
Tuesday 14th January 2025
Logo

epaper

मुलुकमा ३४० पुरुष र ६२ महिला कोभिड १९ संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा मङ्गलवार अपरान्हसम्म पुष्टि भएका थप २७ जना कोभिड १९ संक्रमितसहित कुल संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरु १७ देखि ४२ उमेर समूहका रहेका छन् । जसमध्ये २४ जना पुरुष र महिला रहेका छन् ।
झापामा ९, मोरङ्ग १, सुनसरी १, सर्लाहीको २, काठमाडौको ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुरको १, सिन्धुलीको १, लमजुङ्गको १, कपिलवस्तुको ४ र नवलपरासीको १ गरी जम्मा २७ जना थप संक्रमितहरुको पहिचान भएको छ ।

अहिलेसम्म कुल संक्रमितको संख्या ४०२ पुगेको छ । संक्रमितमध्ये पुरुष ३४० र महिला ६२ जना रहेका छन् । हाल संक्रमित रहेका जिल्लाको संख्या ३६ पुगेको छ ।  विगत २४ घण्टामा पीसीआर विधिबाट २ हजार २८० वटा परीक्षण गरिएको छ र अहिलेसम्म उक्त विधिबाट ३२ हजार ६०४ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म २१ हजार ६२३ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्