Logo
|
Sunday 19th May 2024
Logo

epaper

जुनको मध्यतिर ब्राजीलमा गरिनेछ दुई हजार स्वयंसेवकहरुमा अक्सफोर्ड खोप परीक्षण



जनस्वास्थ्य सरोकार, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीमा कोरोना संक्रमण रोकथामको लागि विकसित गरिएको एउटा नयाँ खोप जुनको मध्यतिरबाट ब्राजिलमा परीक्षण हुँदैछ ।

बीबीसीका अनुसार, यो खोप यस हप्ता भर्ती दुई हजार स्वयंसेवकहरुमा परीक्षण गरिनेछ । साउ पाउलो विश्वविद्यालयका अधिकारीहरूका अनुसार यस अनुसन्धानमा सहयोग गरिरहेका १८ देखि ५५ वर्ष बीचका स्वयंसेवक स्वास्थ्यकर्मीहरू मात्र यस अनुसन्धानमा सम्मिलित हुनेछन् ।

कोविड १९ अस्पतालहरूमा कार्यरत स्वयंसेवकहरूले पनि यस परीक्षणमा भाग लिन सक्नेछन् ।
युनिभर्सिटीका अध्यक्ष सोरया स्माइलीले भनिन्—‘ब्राजिललाई अध्ययनका लागि छनौट गरिएको छ किनकि यस समयमा धेरैजसो कोरोना संक्रमणका घटनाहरू ब्राजिलमा अगाडि आइरहेका छन् । ब्राजील हाल कोरोना संक्रमणमा संयुक्त राज्य अमेरिका पछि दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्