Logo
|
Saturday 27th April 2024
Logo

epaper

निजी अस्पताल ह्याम्समा पहिलोपटक भेन्टिलेटरमा राखेर उपचार गरिएका कोभिड १९ संक्रमित निको

‘कोभिड १९ का साथै अन्य समस्या देखापरेका सम्पूर्ण बिरामीको उपचार गर्नु हामी सबैको दायित्व’—डा. ज्योतीन्द्र शर्मा, कार्यकारी निर्देशक



जनस्वास्थ्य सरोकार, काठमाडौं । निजी अस्पतालमा पहिलोपटक भेन्टिलेटरमा राखेर उपचार गरिएका कोभिड १९ कोरोना भाइरस संक्रमित व्यक्ति ८ दिनपछि आज (जेठ ३० गते) निको भएर डिस्चार्ज भएका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारत ति बिरामीमा गत जेठ २३ गते कोभिड १९ पोजेटिभ पुष्टि भएपछि उनलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो ।

कास्की जिल्लाका ६० वर्षीय संक्रमित ति पुरुषलाई पोखराबाट हेलिकप्टरमा उद्धार गरी गत जेष्ठ २० गते अस्पतालमा भर्ना गरिएको थियो ।

यद्यपी नेपालमा पहिलोपटक कोभिड १९ संक्रमित बिरामीको भेन्टिलेटरमा राखेर सफल उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जानकारी गराएको छ । अस्पतालका अध्यक्ष आर.एस. भण्डारी भन्नुहुन्छ—‘अस्पतालको अत्याधुनिक सघन उपचार कक्ष (आईसियू) मा भेन्टिलेटरमा राखेर उहाँको उपचारमा तल्लिन सम्पूर्ण चिकित्सक, नर्सलगायत प्यारामेडिक्सका साथै व्यवस्थापनमा संलग्न चुस्त दुरुस्त व्यवस्थापकीय टीमको सहयोग, सहकार्य र समन्वयका कारण उपचार गर्न सफल भएकोमा गौरन्वान्वित भएका छौं ।’

अस्पतालको सेवालाई विश्वास गरी उपचार गराउन मञ्जुरी दिएका बिरामी र परिवारप्रति अस्पतालले आभार व्यक्त गरेको छ । साथै उपचारका क्रममा अहोरात्र खटिएका सम्पूर्ण कर्मचारी प्रति हार्दिक धन्यावद प्रकट गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एवं नेपाल सरकारको मापदण्डमा रहेर अस्पतालले कोभिड १९ संक्रमितको उपचार शुरु गरेको थियो ।
‘कोभिड १९ का साथै अन्य समस्या देखापरेका सम्पूर्ण बिरामीको उपचार गर्नु हामी सबैको दायित्व भएको महसुस गरेका छौं ।’—अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द शर्मा भन्नुहुन्छ—‘अहिलेको विषम परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रवाह गर्ने दायित्व प्रति निरन्तर प्रतिवद्ध छौं । अस्पतालमा सेवा लिन चाहने सेवाग्राही र का सम्पूर्ण जनमानसलाई निर्धक्क भएर सेवा लिन सकिने विश्वास दिलाउन चाहन्छौं ।’

रतिभर नडराई कोभिड १९ को बिरामीलाई फ्रन्टलाइनमा बसेर हेरचाह गर्ने ह्याम्सका साहसी नर्सहरु

यसअघि कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिलाई ग्रान्डी र नर्भिक हस्पिटलले अन्यत्र पठाइदिएका थिए । कसैले पनि अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने आँट गरेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्