Logo
|
Friday 27th November 2020
NEWS PAPER

पाल्पामा कोरोना संक्रमित ५० पुगे



जनस्वास्थ्य सरोकार, पाल्पा । सोमबार १० जना नयाँ संक्रमित थपिएसंगै पाल्पामा कोरोना भाइरस संक्रमितको संख्या ५० पुगेको छ । पुर्वखोला गाउँपालिकामा मात्रै एकैपटक १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

पूर्वखोला १, २, ३ र ४ नं. वडाका १० जना पुरुषमा सोमबार कोरोना संक्रमण देखिएको हो । प्रदेश जजस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस देखिएको हो ।  संक्रमित १८ देखि ४७ वर्षका पुरुष छन् ।

संक्रमित हुनेमध्ये २ जना जनकल्याणका आधारभूत विद्यालय वीरकोटको क्वारेन्टाइनमा, र ८ जना शम्भु मावि जल्पाको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।  आइतबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्