Logo
|
Thursday 28th March 2024
Logo

epaper

पिसिआरको दायरा बढ्दै, मुलुकमा कुल संक्रमित ६,५९१, डिस्चार्ज १,१५८ पुगे



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा मंगलबार थप ३८० जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७३ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ६,५९१ पुगेको छ । जसमा महिला ४९९ र पुरुष ६०९२ रहेका छन् । सोमबार ४५१ जनामा देखिएको थियो ।

यसैगरी मंगलबार ११७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा ८ जना महिला र १०९ जना पुरुष रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,१५८ पुगेको छ । जसमा पुरुष १०४६ जना र महिला ११० जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, नेपालमा कोरोनाकै कारण हालम्म १९ जनाको मृत्यु भएको छ ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ ।
हालसम्म क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना बसेका छन् भने ५ हजार १३१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् ।

अहिलेसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७३८ जना र आरडीटी विधिबाट २ लाख २३ हजार ५१९ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ५,०५५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्