Logo
|
Friday 29th March 2024
Logo

epaper

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टी, सङ्क्रमितको संख्या २ सय ८९ पुग्यो



जनस्वास्थ्य सरोकार, स्याङ्जा । गण्डकी प्रदेशमा ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशमा ४१ जना पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ८९ पुगेको छ । मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन् । मनाङका सङ्क्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै मनाङमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको हो ।  आज थपिनेमा सबैभन्दा धेरै नवलपरासी बर्दघाट सुस्तापूर्वका १८ जना, गोरखामा १ महिला सहित ११ जना र तनहुँमा १२ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।  गण्डकी प्रदेशमा २२ जना निको भएर घर फर्किएका छन् भने एक जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्