Logo
|
Tuesday 16th April 2024
Logo

epaper

सिकलसेल एनिमिया, थॅलेसेमिया र प्रसूतिसम्बन्धी बिरामीका लागि निः शुल्क रगत व्यवस्थापन



जनस्वास्थ्य सरोकार, नारायणपुर । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कोभिड –१९ को फैलँदो संक्रमणसँंग जुध्न स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएको छ ।

नगरपालिकाको सातौँ नगरसभामा नगर प्रमुख नरुलाल चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महामारी रोग तथा विपद् व्यवस्थापनका लागि पूर्वतयारी टोलीलाई थप सशक्त बनाइने उल्लेख छ ।

संघीय सरकारको सहकार्यमा उपमहानगरपालिकास्तरीय अस्पताल स्थापना गरिनेछ भने एक वडा एक स्वास्थ्य संस्थाको नीतिअनुरुप प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाको सबलीकरण, सुदृढीकरण एवं भौतिक पूर्वाधार विकासमा विशेष जोड दिइने छ । वंशाणुगत रोग सिकलसेल एनिमिया, थाल्सेमिया र प्रसूतिसम्बन्धी बिरामीका लागि निः शुल्क रगतको व्यवस्थापन गर्न नगर प्रमुख रक्तसञ्चार सेवालाई निरन्तरता दिइने जनाइएको छ ।

त्यस्तै शून्य शुल्कमा आधारभूूत शिक्षा नमूना विद्यालय घोषणा गरी लागु गर्ने, थारु भाषाको पाठ्यक्रम निर्माण गरी कक्षा ५ सम्म ऐच्छिक विषयका रुपमा पठनपाठनको व्यवस्था मिलाइने, सामुदायिक विद्यालयमा पनि नर्सरी, एलकेजी र युकेजी गरी तीन तहमा मन्टेश्वरी विधिबाट कक्षा सञ्चालन गर्ने र प्रत्येक वडामा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने नीति उपमहानगरपालिकाले लिएको छ ।

त्यसैगरी सामुदायिक विद्यालयबाट उच्च लब्धाङ्क प्राप्त गरी प्राविधिक शिक्षा, चिकित्सा विषय अध्ययन गर्ने एक छात्र तथा एक छात्रालाई जनही रु पाँच लाख र इञ्जिनीयरिङतर्फ जनही रु तीन लाखका दरले प्रोत्साहनस्वरुप दिने व्यवस्था मिलाइने आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समेटिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्