Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपालमा एकैदिन हालसम्मकै सर्वाधिक ६७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप दुई जनाको मृत्यु, संक्रमितको संख्या ७ हजार ८ सय नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा हालसम्मकै सर्वाधिक ६७१ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७४ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ७,८४८ पुगेको छ । जसमा महिला ६१९ र पुरुष ७,२२९ रहेका छन । बुधबार ५८६ जनामा संक्रमण देखिएको थियो ।
यसैगरी बिहिबार १९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,१८६ पुगेको छ । जसमा पुरुष १०७२ जना र महिला ११४ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, नेपालमा कोरोनाकै कारण थप दुई जनाको ज्यान गएको छ ।नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । उहाँका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालीका वडा नं ४ कैलालीका ४६ वर्षिय पुरुष र लम्किचुवा २ कैलालीकै ४३ वर्षिय महिला रहेका छन् ।

हालसम्म क्वारेन्टाइनमा १ लाख १६ हजार २१५जना बसेका छन भने ६ हजार ६४८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ जना र आरडीटी विधिबाट २ लाख ४३ हजार ५७५ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ५,७४६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्