Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपालमा थप ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ८ हजार ६०५



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ३३१ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७४ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या  ८,६०५ पुगेको छ । जसमा महिला ७५६ र पुरुष  ७,८४९  रहेका छन । शुक्रबार ४२६ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी शनिबार  १७६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा १५८  जना पुरुष  र १८ जना महिला  रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,५७८ पुगेको छ । जसमा पुरुष  १,४३७ जना र महिला  १४१ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा  १ लाख २ हजार २४५  जना बसेका छन भने  ७ हजार ५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६९  हजार १६५ जना र आरडीटी विधिबाट २ लाख ५२  हजार ३०० को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ७,४१६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्