Logo
|
Tuesday 24th December 2024
Logo

epaper

नेपालमा १० गुणा बढी पुरुष संक्रमित ! १५७८ ले जिते कोरोना



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार थप ३३१ जनामा कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ८,६०५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी गराइएको हो ।

त्यसमा पुरुष ७,८४९ र महिला ७५६ रहेका छन् । यसरी कोभिड १९ संक्रमण महिलाको तुलनामा पुरुषहरुमा १० गुणा बढी भएको तथ्यांकले देखाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १५८ पुरुष र १८ जना महिला छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या १,५७८ पुगेको छ ।

गत २४ घण्टामा ७,४१६ को पीसीआर परीक्षण र ४,४२६ को आरडीटी परीक्षण गरिएको छ । यसरी पिसिआर परीक्षणको दायरामा बृद्धि भइरहेको छ । हालसम्म पीसीआर विधिबाट १,६९,१६५ र आरडीटी विधिबाट २,५२,३०० जनाको नमुना परीक्षण गरिएको छ ।
मुलुकभर १,०२,२४५ जना क्वारेन्टाइनमा र ७,००५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७३ जिल्लामा संक्रमण फैलिएको र देशभरका २४ वटा प्रयोगशालाबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।

नेपालमा कोरोनाबाट मर्नेहरुको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्