Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपालमा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, थप एकजनाको मृत्यु, संक्रमितको संख्या ९ हजार नाघ्यो

१९४ जना निको भएर घर फर्के



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ४२१ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७५ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ९,०२६ पुगेको छ । जसमा महिला ८२० र पुरुष ८,२०६ रहेका छन । शनिवार ३३१ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी आइतबार १९४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा पुरुष १८६ र महिला ८ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,७७२ पुगेको छ । जसमा पुरुष १,६२३ जना र महिला १४९ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला छत्रकोट गाउँपालीका वार्ड नं ५ का ६९ वर्षका पुरुष रहेका छन् । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा ९४ हजार ९२८जना बसेका छन भने ७ हजार २३१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जना र आरडीटी विधिबाट २ लाख ६२ हजार १७४ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,००८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्