Logo
|
Thursday 28th March 2024
Logo

epaper

महिला र बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था



जनस्वास्थ्य सरोकार, चितवन । जिल्लामा पहिलो पटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । राप्ती–६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरिएको हो ।

महिलामैत्री क्वारेन्टिनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ति नगरपालिकाले भण्डारा माविमा ५० श्ययाको महिलामैत्री क्वारेन्टिनको व्यवस्था गरेको हो । तत्कालका लागि ३० श्ययाको क्वारेन्टिनको व्यवस्था भए पनि ५० श्यया पु¥याइने नगरपालिका प्रमुख प्रभा बरालले बताउनुभयो । बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।

तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टिनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टिनमा रहेका छन् । तीमध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टिनमा राखिने उहाँले बताउनुभयो ।

राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टिनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

कोरोना अस्पताल मर्मत गरी तयारी अवस्थामा राखिने

भरतपुर कोरोना विशेष ९अस्थायी० अस्पतालको मर्मत गरी तयारी अवस्थामा राखिने भएको छ । स्नान गर्ने ठाउँबाट पानी बाहिर गएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिएको थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार सो क्षेत्रमा निर्मलीकरणको काम आइतबार सम्पन्न भएको छ । आजै प्राविधिक समूहले निरीक्षण गरी आवश्यक मर्मतसम्भार गरिने उहाँले जानकारी दिनुभयो । मर्मतसम्भारका लागि आवश्यक सहयोग गर्न भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति तयार रहेको जनाएका छन् ।

धेरै खर्च लागेमा स्थानीय तहसँग समन्वय गर्न सकिने भए पनि न्यून खर्चका लागि भरतपुर अस्पतालले बेहोरेर मर्मतसम्भार गर्ने तयारी गरेको छ । सो अस्पतालको पाँच कोठामध्ये एउटा कोठामा बाहिर पानी आएको हो । एउटा कोठामा १० वटा श्यया राखिएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बिरामी थप भएमा राख्नका लागि कोरोना अस्पताल तयारी अवस्थामा राखिने बताउनुभयो ।

सो अस्पतालमा देखिएका समस्या समाधान गरेर तयारी अवस्थामा राखिने छ । सरकारले कोरोना सङ्क्रमितको उपचारको पहिलो तह भरतपुर कोरोना अस्पताललाई तोकेको छ । दोस्रो भरतपुर अस्पताल हो भने तेस्रो शिक्षण अस्पताल काठमाडौँ हो । तिवारीले लक्षण नदेखिएका सङ्क्रमितलाई कोरोना अस्पतालमा राख्न सकिने बताउनुभयो । हाल भरतपुर अस्पतालको आइसोलेसनमा २७ जना सङ्क्रमित रहेका छन् । अस्पतालको आइसोलेसनमा ७५ जना अट्ने क्षमता रहेको छ । त्यसमध्ये १० श्यया सघन उपचार कक्ष हो ।

भरतपुर महानगरपालिकाको अगुवाइमा भरतपुर कोरोना अस्पताल स्थापना गरी सञ्चालनका लागि वैशाख १ गते भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको थियो । भरतपुर अस्पतालमा सङ्क्रमित सारिएको भए पनि उनीहरुलाई छुट्टै प्रवेशद्वार, बाटो र एक तल्ला सिल गरेर सुरक्षित ढङ्गले राखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्