Logo
|
Wednesday 24th April 2024
Logo

epaper

डेढ वर्षीय बालकसहित ११ जना कोरोना संक्रमित डिस्चार्ज



जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालबाट डेढ वर्षीय बालकसहित ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित डिस्चार्ज भएका छन् ।

उपचाररत संक्रमित सबैको अस्पतालको आइसोलेनमा बसेको ६ दिनपछि गरिएको पीसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा सखुवाप्रसौनीका डेढ र ३ वर्षीय दुई जना बालक र एक महिला रहेका छन् । उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै जगरनाथपुर गाउँपालिकाका–६ का २५ वर्षीया एकजना महिला र २० देखि ५५ वर्षका सात जना पुरुष पनि डिस्चार्ज भएका छन् । गण्डक कोभिड अस्पताललमा अब ६ जना महिलासहित ३२ जना संक्रमित उपचाररत छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्