Logo
|
Tuesday 24th December 2024
Logo

epaper

पीसीआर परीक्षण रिपोर्टको मारमा अरू रोगका बिरामी, परीक्षणको दायरा बढाउन आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा त्यसको प्रभाव अन्य रोगका बिरामीको उपचारमा समेत परेको छ। अरू रोगको बिरामीका पीसीआर परीक्षणलाई लिएर सेवा प्रवाहमा आफूहरूलाई कठिनाइ भइरहेको निजी अस्पतालहरूले बताएका छन्। स्वास्थ्य अधिकारीहरूले चाहिँ लक्षण देखिएका बिरामीको हकमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट र अन्य बिरामीको हकमा तीनवटा सरकारी अस्पतालमार्फत्‌ निजी अस्पतालले पीसीआर परीक्षण गराउन सक्ने व्यवस्था मिलाइएको बताएका छन्। तर पीसीआर परीक्षण सरकारी अधिकारीहरूले भनेजस्तो सहज नभएको निजी अस्पतालहरूको तर्क छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शल्यक्रिया वा भिसा वा निरोगी रहेको प्रमाणपत्रका लागि निजी अस्पतालले नमुना सङ्कलन गरी पाटन अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पीसीआर परीक्षण गराउन सक्छन्। काठमाण्डूस्थित ह्याम्स अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले भने, “कतिपय निजी अस्पतालले नियमित शल्यक्रियासहितका कामहरू गर्नुपर्नेछ तर पीसीआर परीक्षण रिपोर्ट नआई हुँदैन।” उनका अनुसार पीसीआर परीक्षण रिपोर्टका लागि २३ दिनसम्म कुर्नुपर्ने अवस्था छ। नमुना सङ्कलन गरी सरकारी अस्पतालबाट पीसीआर परीक्षण गराएबापत निजी अस्पतालहरूले प्रतिपरीक्षण ५,५०० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। शर्माले थपे, “सरकारले पीसीआर परीक्षण गर्न भनेका ती अस्पतालहरूले काम गरिरहेकै छन्। तर उनीहरूको पनि सीमित क्षमता छ।” “त्यसैले कि सरकारले त्यहाँ जनशक्ति र मेसिन थप्नुपर्‍यो कि त नियमन गर्ने सरकारी संयन्त्र खडा गरी निजी क्षेत्रका स्वास्थ्य संस्थाहरूलाई पनि परीक्षणमा संलग्न गराउनुपर्‍यो।” असोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिट्युशन अफ नेपाल अफिनका महासचिव डा. हेमराज दाहाल आफूहरू सहकार्य गर्न तयार रहे पनि सरकारले वास्ता नगरेको आरोप लगाउँछन्।Presentational white space

दायरा बढाउनु पर्ने आवश्यकता

उनी प्रश्न गर्छन्: “हामी आवश्यक सहयोग गर्न तम्तयार छौँ। तर यत्रो हिस्सा ओगटेका निजी स्वास्थ्य क्षेत्रसँग सरकारले खै त समन्वय गरेको?” सङ्क्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले पनि परीक्षणको दायरा बढाउनुपर्नेमा जोड दिँदै आएका छन्। परीक्षणको दायरा बढाउन नसकिए स्थिति गम्भीर हुन सक्ने उनीहरू बताउँछन्। पीसीआर परीक्षणमा निजी स्वास्थ्य संस्थाहरूलाई संलग्न गराउने निर्णय गरिसकेको सरकारले त्यसलाई अहिलेसम्म कार्यान्वयन चाहिँ गरिसकेको छैन।  प्रवक्ता गौतमले भने, “अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने थियो, त्यो काम भयो। अब प्रक्रिया सुरु गर्ने हो।” सरकारी प्रयोगशालाहरूबाट हाल दैनिक छ औसत ६,००० जनाको परीक्षण गर्दै आइएकोमा त्यसको दायरा बढाएर दैनिक १०,००० पुर्‍याउने योजना रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आइतवारसम्म देशभरि १,७५,१७३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। त्यसमध्ये ९,०२६ जना व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ। नेपालमा कोभिड-१९ बाट हालसम्म २३ जनाको ज्यान गएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्