Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपालमा कोरोनामुक्त हुनेको संख्या दुइहजार नाघ्यो, थप ५३५ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ९ हजार ५६१

३७० जना निको भएर घर फर्के



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ५३५ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ९,५६१ पुगेको छ । जसमा महिला ८९४ र पुरुष ८,६६७ रहेका छन । आइतबार ४२१ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी सोमबार ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा पुरुष ३३८ र महिला ३२ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या २,१४२ पुगेको छ । जसमा पुरुष १,९६१ जना र महिला १६१ जना रहेका छन् ।  मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा ९० हजार ७३० जना बसेका छन भने ७ हजार ७८९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट १ लाख ८१ हजार ३ सय ७१ जना र आरडीटी विधिबाट २ लाख ६८ हजार १०३ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,१९८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

भिडियो पनि हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्