Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, थप ५३८ जनामा संक्रमण पुष्टी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ५३८ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७६ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या १०,०९९ पुगेको छ । जसमा महिला ९८४ र पुरुष ९,०१५ रहेका छन । सोमबार ५३५ जनामा संक्रमण देखिएको थियो ।

यसैगरी मंगलबार ७६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा पुरुष ६८ र महिला ८ जना रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या २,२२४ पुगेको छ । जसमा पुरुष २,०३५ जना र महिला १८९ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, गएको २४ घण्टामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा ८५ हजार ८१३ जना बसेका छन भने ७ हजार ८५१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।
अहिलेसम्म पीसीआर विधिबाट १ लाख ८६ हजार ३ सय ६६ जना र आरडीटी विधिबाट २ लाख ७१ हजार ५८४को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ४,९९५वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्