Logo
|
Thursday 18th April 2024
Logo

epaper

कर्णालीका चार जना चिकित्सकलाई कोरोना संक्रमण, आकस्मिकबाहेक अन्य अस्पताल बन्द



जनस्वास्थ्य सरोकार, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ४ जना चिकित्सकहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल बन्द गरिएको छ । अस्पताल निर्देशक मंगल रावलले सर्वसाधारणहरुमा कोरोनाको जोखिम बढ्ने भएकाले आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी दिए । ‘कोभिड १९ को रोकथामका लागि गरिनुपर्ने सम्पूर्ण नियमहरू पालना गर्न अनुरोध गर्दै यस विषम परिस्थितिमा प्रत्येक नागरिकले धैर्यतापूर्वक संयमता अपनाउनु हुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ । उनले अन्य कर्मचारीहरुको पिसिआर टेष्ट गरिने र क्न्ट्र्क्ट ट्रसिङको काम पनि भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्