Logo
|
Friday 26th April 2024
Logo

epaper

भारतमा एकैदिन झण्डै १६ हजार जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो पटक भारतमा एकैदिन झण्डै १६ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकैदिन संक्रमित देखिएको अहिलेसम्मकै धेरै हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार पछिल्लो २४ घण्टामा १५ हजार ९ सय ६८ जना कोरोना संक्रमित भएको जनाएको छ । सोही अवधिमा भारतमा कोरोनाका कारण चार सय ५६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या १४ हजार चार सय ७६ पुगेको छ भने संक्रमितको संख्या चार लाख ५६ हजार एक सय ८३ पुगेको छ ।

भारतमा अहिले पनि उपचाररत संक्रमितको संख्या एक लाख ८३ हजार २२ रहेको छ । त्यसैगरी निको हुनेको संख्या दुई लाख ५८ हजार ६ सय ८५ पुगेको छ ।

सबैभन्दा धेरै महाराष्ट्र राज्यमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिलेसम्म एक लाख ३९ हजार १० जना सक्रमित भएको तथ्यांक छ । तीमध्ये ६९ हजार ६ सय ३१ जना निको भइसकेका छन् ।

त्यसैगरी महाराष्ट्र राज्यमा संक्रमित भएर मृत्यु हुनेको संंख्या ६ हजार पाँच सय ३१ पुगेको छ ।

दोस्रो धेरै प्रभावित केन्द्रीय राजधानी दिल्लीमा भने संक्रमितको संख्या ६६ हजार ६ सय दुई पुगेको छ । दिल्लीमा दुई हजार तीन सय एक जनाको मृत्यु भएको छ ।

त्यसैगरी तेस्रो धेरै प्रभावित तमिलनाडु राज्यमा ६४ हजार ६ सय तीन जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्